काठमाडौं।
भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको आजको दोस्रो खेलमा माल्दिभ्स र बंगलादेशबीच भिडन्त हुदैछ । बंगादेशले माल्दिभ्सविरूद्ध पहिलो हाफमा नै गोलको वर्षा गरेको छ।
नेपाली समयअनुसार राति ७.१५ बजे सुरु भएको खेलमा बंगलस्देश पहिलो हाफमा ४-० ले अघि रहेको छ। बंगलादेशको लागि मिरजुलले ३ गोल गर्दै ह्याट्रिक गरेका छन् ।
आज बंगादेशले लगातार तेस्रो जित हासिल गर्ने दाउमा छ।माल्दिभ्स भने पहिलो जितको खोजीमा रहेको छ । माल्दिभ्स पहिलो खेलमा नेपालसँग ४–० अन्तरले पराजित भएको थियो ।
साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतले पहिलो जित हात पारेको छ । शुक्रबार भएको खेलमा श्रीलंकालाई ४–० गोल अन्तरले हराउँदै घरेलु टोली भारतले पहिलो जित हात पारेको हो । पहिलो खेलमा ऊ बंगलादेशसँग २–१ ले पराजित भएको थियो ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको दोस्रो खेलमा भारतको जितमा पार्थिव सुन्दर गोगाईले दुई, हिमांशु जङ्ग्रा र गुरकित सिंहले एक/एक गाेल गरे । भारतलाई सुरुआती अग्रता हिमांशुले दिलाए । उनले ५० औं मिनेटमा हेडरमार्फत गोल गरे ।
त्यसपछि ६९ औं मिनेटमा पार्थिवले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।७४ औं मिनेटमा गुरकित सिंहले पेनाल्टीमार्फत गोल गरे । त्यस्तै, इन्जुरी समयमा पार्थिव सिंहले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–० को फराकिलो जित दिलाए ।
यो जितसँगै भारतले फाइनलको सम्भावना जीवितै राखेको छ । उसले अब तेस्रो खेलमा आइतबार नेपालको सामना गर्ने तालिका छ । श्रीलंका भने आजको हारसँगै फाइनल दौडबाट बाहिरिएको छ ।
उसले तीन म्याच खेल्दा सबैमा हारको सामना गर्यो ।श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १–० र दोस्रो खेलमा नेपालविरुद्ध ३–० गोल अन्तरले पराजित भएको थियो ।
नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराएको थियो ।भने दोस्रो खेलमा श्रीलंकालाई ३–० गोलले पराजित गरेको थियो।
जारी प्रतियोगिता २ खेलबाट समान ६ अंक भएपनि नेपाल गोल अन्तरको आधारमा शीर्षस्थानमा छ भने समान अंकका साथ बंगलादेश दोस्रो स्थानमा छ ।भारत ३ अंक सहित तेस्रो शीर्षस्थानमा। माल्दिभ्स र श्रीलंका अंकविहीन छन् ।