काठमाण्डौ।
साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध भारतले विशाल जित हासिल गरेको छ।भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा आजको पहिलो खेलमा भारत र श्रीलंकालाई ४-० गोलले पराजित गरेको हो ।
भारत र श्रीलंका विरूद्ध पहिलो हाफ गोल रहित बराबरी भएको थियो। साविक विजेता समेत रहेको भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगाईले दुई गोल गरे । हिमान्सु जान्ग्रा र गुर्किरात सिंहले एक एक गोल थपे ।
भारतले चारै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५० औं मिनेटमा हिमान्सुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा पार्थिव सुन्दर गोगोईले गोल गर्दा भारत २-० ले अघि रह्यो ।
७४ औं मिनेटमा गुर्किरातले गोल गर्दै टोलीको अग्रता ३-० को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा पार्थिवले व्यक्तिगत तेस्रो गोल गर्दै भारतलाई ४-० को जित दिलाए ।
जितसँगै भारतले दुई खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो । श्रीलंकाको यो लगातार तेस्रो हार हो । श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।
आज भारतले पहिलो जित हासिल गरेको हो।आजको खेलमा भारत विजय हुँदा फाइनल प्रवेश गर्ने सम्भावना कायम रखेको छ । अब फाइनल पुग्न भारतले बाँकी दुवै खेलमा यस्तै विशाल जित हासिल गर्नु पर्ने हुन्छ।
श्रीलंका यस हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । ३ खेलमा टोलीले कुनै अंक जोड्न सकेन । आज बंगलादेशसँग पनि फाइनलको सम्भावना बलियो पार्न अवसर छ । आजको खेलमा जित हासिल गरे बंगलादेश अन्तिम दिन नेपालविरुद्ध खेल्नुअघि फाइनल पुग्ने सम्भावना रहन्छ । त्यसका लागि अन्य खेलको नतिजा भने कुर्नुपर्ने हुन्छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) क्षेत्रका ५ टोली सहभागी प्रतियोगितामा सबै टोलीले एक अर्कासँग समूह चरणमा खेल्नेछन् । समूहका शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल अगस्ट ५ तारिखमा हुनेछ ।
हालसम्म नेपाल र बंगलादेशले खेलेका दुवै खेल जित्दै फाइनल पुग्ने बलियो सम्भावना बनाएका छन् । साविक विजेता तथा आयोजक भारतले ३ अंक बनाएको छ।भने माल्दिभ्स र श्रीलंका भने अंकविहिन छन् ।श्रीलंका भने अंकविहिन हुदै बाहिरीएको छ।
बुधबार भएको पहिलो खेलमा भारत बंगलादेशसँग २-१ ले पराजित भएको थियो । त्यसअघि सोमबार बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४-० र आज बुधबार भएको खेलमा श्रीलंकालाई ३-० ले हराएको थियो ।
प्रतियोगिताको समिकरण हेर्दा अब भारत फाइनल पुग्ने वा नपुग्ने छिनोफानो नेपालकै हातमा रहेको छ । नेपालले समूह चरणको अर्को खेलमा ३१ जुलाईमा भारतको सामना गर्नेछ । उक्त खेलमा भारतलाई पराजित गरे नेपाल फाइनलमा पुग्नेछ ।
यो मात्र होइन नेपालको जितले भारतको फाइनल पुग्ने सम्भावना पनि बन्द हुनसक्छ । कारण अन्य २ खेलमा भारतले समान ६ अंक जोडेपनि हेड टु हेडमा बंगलादेश अगाडि छ ।
नेपाल र भारतको खेल बराबरी भएको अवस्थामा भने नेपाल फाइनल पुग्ने सम्भावना बलियो बन्नेछ । त्यसो भएको खण्डमा भारतले आफ्नो र अन्य टोलीको अर्को नतिजा कुर्नुपर्ने हुन्छ । नेपाल वा बंगलादेशले अर्को खेल जितेमा भारतको फाइनल पुग्ने सम्भावना सकिनेछ ।