काठमाण्डौ।
नेपाली राष्ट्रिय क्रिकेट टिम मुख्य प्रशिक्षक विहीन रहेको छ ।दुई हप्ता अघि मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले व्यक्तिगत कारण देखाउदै राजीनामा दिएपछि नेपाली टोली हाल मुख्य प्रशिक्षक विहीन रहेको छ ।
स्कटल्याण्ड भ्रमणअघि नै राजीनामा दिएका दासानायकेले पत्रकार सम्मेलन गर्दै त्यसलाई औपचारिकता दिएका थिए। स्कटल्याण्ड र नामेविया सम्मिलित त्रिकोणात्मक एक दिवसीय सिरिजमा खराब प्रदर्शन गरेपछि निराश बनेका दशानायकेले काठमाडौं फर्किए लगत्तै पत्रकार सम्मेलन गरी पदबाट राजीनामको घोषणा गरेका थिए ।
क्यानले यस अघि सर्टलिस्टमा पारेका प्रशिक्षकलाई नै नयाँ मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ।यस अघि पुबुदुसँग सर्टलिस्टमा ३ जना प्रशिक्षक पारेका थिए।यस पटक पनि यसै ३ जना बाट प्रशिक्षक ल्याउने क्यानले तयारी गरेको छ।
यस अघि नेपाल क्रिकेट संघ (क्यान) ले खुल्ला प्रतिस्पर्धाबाट नयाँ मुख्य प्रशिक्षक ल्याउने योजना बनाएको थियो।अब भने यस्तो न हुने सम्भावना रहेको छ।
सर्टलिस्टमा समावेश प्रशिक्षकको नाम भने सार्वजनिक नगरिको थिएन।तर भारतका लालचन्द राजपुत, मोन्टी देसाइ र अपूर्व देसाइमध्ये एक जनालाई मुख्य प्रशिक्षक बनाउने तयारी क्यानको तयार रहेको बताएको छ।
भारतका लालचन्द राजपुत, मोन्टी देसाइ र अपूर्व देसाइ संग पारिश्रमिकमा कुरा नमिलेको बुझाएको छ। यदि पारिश्रमिकमा कुरा मिले आजलाई नयाँ मुख्य प्रशिक्षक बनाउने क्यानको तयारी रहेको छ। यस अघि क्यानले पुवुदुलाई मासिक १० हजार अमेरिकी डलर दिादै आएको थियो।
मोन्टी देसाइ र अपूर्व देसाइले नेपालमा ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरिसकेका छन् । लालचन्द भारतका पूर्वराष्ट्रिय खेलाडी हुन् । उनी भारतको अन्डर नाइन्टिन टिम, इन्डियन पि्रमियर लिगमा मुम्बई इन्डियन्सको प्रशिक्षक थिए । यसअघि जिम्बाब्वे र अफगानिस्तानको प्रशिक्षकको जिम्मेवारी पनि उनले सम्हालिसकेका छन् ।
नेपालको एकदिवसीय मान्यतालाई जोगाइ राख्न लिग टु का १६ खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने भएकाले अनुभवी प्रशिक्षकको खााचो छ । पछिल्ला दुई सिरिजमा नेपाली टोलीले फितलो प्रदर्शनमा सुधार गरेर लैजान सक्ने प्रशिक्षक ल्याउन क्यानलाई चुनौती देखिएको छ ।
नेपालले स्कटल्याण्ड सिरिजमा नेपालले ४ मध्य एक खेलमात्रै जित्दा ३ खेलमा पराजय भएको थियो । पछिल्लो समय नेपाली क्रिकेट टिमको ब्याटिङ असफल रहेको चर्चा भइरहेका बेला समर्थकहरुले पनि प्रशिक्षक फ्लप भएको पनि सामाजिक सञ्जालहरुमा आरोप लगाउँदै अएका छन् ।
दासानायकेले व्यक्तिगत कारण देखाउँदै राजीनामा घोषणा गरेका थिए।‘मेरो कोचिङ करियरमा यो सबैभन्दा कठिन निर्णय थियो। मलाई नेपाल क्रिकेट मन पर्छ र यो चरणमा छाड्दा म निकै भावुक छु’, उनले भनेका छन्, ‘मेरो क्षमतामा विश्वास गर्दै नेपाली टोलीमा फर्कने मौका दिनुभएकोमा क्यानलाई विशेष धन्यवाद र नेपाली टोलीलाई शुभकामना।’
तत्कालीन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएसँगै क्यानले गत मंसिरमा खुल्ला छनोटबाट पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । दासानायकेले आफ्नो पहिलो इनिङ्गमा नेपाली टोलीको उचाइ बढाए। ।
जसको अहिले पनि खुलेर प्रशंसा हुन्छ। दासानायकेले नेपाली टोली सम्हालेपछि धेरैले उनको दोस्रो इनिङ्ग अझै सानदार हुने अपेक्षा गरेका थिए। तर, नतिजा त्यस्तो रहेन।
दासानायकेले गत पुसमा नेपाली टोली सम्हालेका थिए। दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको ८ महिनामै पुबुदुले राजीनामा दिएका हुन् ।
उनको प्रशिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १४ एक दिवसीय खेल्दा धेरैजसो हार्यो। नेपालले ९ मा खेलमा हार्दा ४ खेलमा मात्रै नतिजा आफ्नो पक्षमा पार्यो। एक खेल टाई भयो।
एक दिवसीयको तुलनामा टी २० क्रिकेटमा नतिजा केही सुखद छ। नेपालले १३ टी–२० मध्ये १० मा जित र ३ खेलमा हार भोगेको थियो। लगातार खराब नतिजा आएपछि दासानायकेको सर्वत्र आलोचना भयो। सामाजिक सञ्जालमा पनि क्रिकेट समर्थकले उनले टोली छाड्नुपर्ने भन्दै आलोचना गरे।