वेष्टइन्डिजविरुद्ध भारतले रच्यो इतिहास

काठमाडौं ।

भारतले वेष्ट इन्डिजविरुद्ध इतिहास रचेको छ । वेष्ट इन्डिजलाई उसकै मैदानमा तीन खेलको एक दिवसीय क्रिकेट श्रृंखलामा क्लिन स्विप गर्दै भारतले इतिहास रचेको हो ।

भारतले ३९ वर्षमा पहिलो पटक वेष्ट इन्डिजलाई उसकै मैदानमा क्लिन स्विप गरेर इतिहास रचेको हो । बुधबार राति वर्षाले प्रभावित खेलमा डीएलल पद्दतिको आधारमा १ सय १९ रनको जित निकाल्दै भारतले श्रृंखला ३–० ले जितेको हो ।

वर्षाका कारण खेल ३५ ओभरमा घटाइएको थियो । क्विन्स पार्क ओभलमा २ सय ५७ रनको लक्ष्य पाएको घरेलु टोली २६ ओभरमै १ सय ३७ रनमा अलआउट भयो । कप्तान निकोलस पुरन र ब्राण्डन किंग्सले समान ४२–४२ रन बनाए ।

घरेलु टोलीलाई सस्तैमा समेट्न युजभेन्द्र चाहलले ४ विकेट लिए । मोहम्मद सिराज तथा शार्दुल ठाकुरले समान २–२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ३६ ओभरमा झारिएको खेलमा ३ विकेट गुमाएर २ सय २५ रन बनाएको थियो ।

शुबमन गिलले ९८ बलमा अविजित रहँदै ९८ तथा शिखर धवनले ५८ रन बनाए । श्रेयस ऐयरले ४४ रन बनाए । गिल म्यान अफ द म्याचसँगै प्लेयर अफ द सिरिजसमेत भए । उनले तीन खेलमा २०५ रन बनाए । अब दुई टोलीबीच पाँच खेलको टी–२० श्रृंखला हुनेछ । यो श्रृंखलाको पहिलो खेल शुक्रबार हुनेछ ।

यो पनि पढ्नुहोस: आसिफको एकदिवसीयको वरीयता सुधार
नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याट्सम्यान आसिफ शेखको एकदिवसीयको ब्याटिङ वरीयता सुधार भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा आसिफको वरीयता दुई स्थान सुधार भएको हो ।

विकेटकिपर ब्याट्सम्यान आसिफ नयाँ वरियताको ९८ औं स्थान उक्लिएका छन् ।यस अघि उनी १०० औं स्थानमा रहेका थिए ।ब्याटिङतर्फ नेपालका रोहित पौडेल ८१ औं स्थानमा यथावत रहेका छन् ।एकदिवसीयको बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ३४ औं स्थानमा यथावत रहेका छन् ।

बलिङमै सोमपाल कामी ९० औं र करण केसी ९२ औं स्थानमा झरेका छन् ।टी-ट्वान्टी वरीयताको ब्याटिङतर्फ कुशल भुर्तेल ३९ औं र दीपेन्द्र सिंहे ऐरी ४१ औं स्थानमा यथावत रहेका छन् ।आसिफ शेख पनि ९५ औं स्थानमा यथावत छन् ।

टी-ट्वान्टीको बलिङतर्फ सन्दीप ३९ औं स्थानमा यथावत रहदा अविनास बोहरा ८९ औं स्थानमा यथावत छन् ।अलराउण्डरतर्फ दीपेन्द्र सिंह ऐरी ९ औं स्थानमा यथावत रहेका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

दुई खेलाडीको वरियता खस्किदा यस्तो छ नेपालको नयाँ वरियता

Thu Jul 28 , 2022
काठमाडौं। अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको वरीयता यथावत रहेको हो । एकदिवसीयको नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १९ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा न्युजिल्याण्ड […]

You May Like

error: