काठमाडौं।
साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकाविरूद्ध विशाल जित हासिल गरेको छ ।आज भएको दोस्रो खेलमा नेपाल ३-० ले विजय भएको हो।
नेपाललेदोस्रो हाफमा सुरुवाती अग्रता लियो। नेपालले खेलको दोस्रो हाफको १२ मिनेटमा नै अग्रता लिएको हो।नेपालका लागि कप्तान आयुष घलानले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
यस्तै नेपालले खेलको ६४ औं मिनेटमा दोस्रो गोल गरेको छ। यस्तै नेपालले खेलको ६४ औं मिनेटमा कृतिश रत्नले दोस्रो गोल गरेको छन। नेपालले खेलको ८६ औं मिनेटमा तेस्रो गोल गरेको हो।
आज नेपाल लगातार दोस्रो जित हासिल गरेको हो। भने श्रीलंका साफ यू-२० च्याम्पियनसिपको दोस्रो हार बेहोरेको हो। यो जित संगै नेपालले आफ्नो खातामा ३ अंक जोड्दै कुम ६ अंक बनाएको छ, नेपालले साफ यू-२० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको छ।
च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् । नेपालले अब तेस्रो खेलमा भारतसँग आइतबार खेल्नेछ । यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।
यस अघि भएको आफ्नो पहिलो खेलमा नेपालले सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
माल्दिभ्सविरुद्ध एकतर्फी खेल पस्किएको नेपालले ४२ औं मिनेटमा दिपेशको गोलबाट सुरुआती अग्रता बनायो ।कप्तान आयुष घलानको फ्रि-किक माल्दिभ्सका गोलकिपर सैहन अलीले पन्च गर्दै क्लियर गरेका थिए ।
त्यहिँ बल नियन्त्रणमा लिदै दिपेशले करिब ३४ यार्डबाट उत्कृष्ट गोल गरे ।दोस्रो हाफमा नेपालले थप दुई गोल गर्यो ।खेलको ५८ औं मिनेटमा सुगमले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।
खेलको ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमा गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए ।माल्दिभ्सका डिफेन्डरले कप्तान आयुसलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।
जसमा कृतिस चुकेनन् ।त्यसपछि खेलको इन्जुरी समयमा मनग्यले गोल गर्दै नेपाललाई ४-० को फराकिलो जित दिलाए ।त्यसबाहेक नेपालले अन्य थुप्रै गोलको अवसर गुमाएको थियो ।
यता श्रीलंका भने आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो। हिजो भएको पहिलो खेलमा श्रीलंकालाई १-० गोल पराजित गरेको थियो।नेपालले आज श्रीलंका विरुद्ध सहज जितको खोजीमा हुने छ ।
च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।त्यस्तै भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।