क्यानले खुल्ला प्रतिस्पर्धाबाट उच्च स्तरको प्रशिक्षक ल्याउने तयारीमा

काठमाण्डौ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले मुख्य प्रशिक्षक विहीन रहेको छ ।दुई हप्ता अघि मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले व्यक्तिगत कारण देखाउदै राजीनामा दिएपछि नेपाली टोली हाल मुख्य प्रशिक्षक विहीन रहेको छ ।

स्कटल्याण्ड भ्रमणअघि नै राजीनामा दिएका दासानायकेले पत्रकार सम्मेलन गर्दै त्यसलाई औपचारिकता दिएका थिए। स्कटल्याण्ड र नामेविया सम्मिलित त्रिकोणात्मक एक दिवसीय सिरिजमा खराब प्रदर्शन गरेपछि निराश बनेका दशानायकेले काठमाडौं फर्किए लगत्तै पत्रकार सम्मेलन गरी पदबाट राजीनामको घोषणा गरेका थिए ।

स्कटल्याण्ड सिरिजमा नेपालले ४ मध्य एक खेलमात्रै जित्दा ३ खेलमा पराजय भएको थियो । पछिल्लो समय नेपाली क्रिकेट टिमको ब्याटिङ असफल रहेको चर्चा भइरहेका बेला समर्थकहरुले पनि प्रशिक्षक फ्लप भएको पनि सामाजिक सञ्जालहरुमा आरोप लगाउँदै अएका छन् ।

दासानायकेले व्यक्तिगत कारण देखाउँदै राजीनामा घोषणा गरेका थिए।‘मेरो कोचिङ करियरमा यो सबैभन्दा कठिन निर्णय थियो। मलाई नेपाल क्रिकेट मन पर्छ र यो चरणमा छाड्दा म निकै भावुक छु’, उनले भनेका छन्, ‘मेरो क्षमतामा विश्वास गर्दै नेपाली टोलीमा फर्कने मौका दिनुभएकोमा क्यानलाई विशेष धन्यवाद र नेपाली टोलीलाई शुभकामना।’

तत्कालीन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएसँगै क्यानले गत मंसिरमा खुल्ला छनोटबाट पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । दासानायकेले आफ्नो पहिलो इनिङ्गमा नेपाली टोलीको उचाइ बढाए। ।

जसको अहिले पनि खुलेर प्रशंसा हुन्छ। दासानायकेले नेपाली टोली सम्हालेपछि धेरैले उनको दोस्रो इनिङ्ग अझै सानदार हुने अपेक्षा गरेका थिए। तर, नतिजा त्यस्तो रहेन।

दासानायकेले गत पुसमा नेपाली टोली सम्हालेका थिए। दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको ८ महिनामै पुबुदुले राजीनामा दिएका हुन् ।

उनको प्रशिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १४ एक दिवसीय खेल्दा धेरैजसो हार्यो। नेपालले ९ मा खेलमा हार्दा ४ खेलमा मात्रै नतिजा आफ्नो पक्षमा पार्‍यो। एक खेल टाई भयो।

एक दिवसीयको तुलनामा टी २० क्रिकेटमा नतिजा केही सुखद छ। नेपालले १३ टी–२० मध्ये १० मा जित र ३ खेलमा हार भोगेको थियो। लगातार खराब नतिजा आएपछि दासानायकेको सर्वत्र आलोचना भयो। सामाजिक सञ्जालमा पनि क्रिकेट समर्थकले उनले टोली छाड्नुपर्ने भन्दै आलोचना गरे।

नेपाल क्रिकेट संघ (क्यान) ले खुल्ला प्रतिस्पर्धाबाट नयाँ मुख्य प्रशिक्षक ल्याउने योजना बनाएको छ ।हामीले खोजे जस्तो प्रशिक्षक नेपालमा छैनन् नै।हामीले आवेदन खुल्ला गरेर कतिको संख्यामा आवेदन आउछ त्यस बाट छनोट गरेर माथिल्लो स्तरको प्रशिक्षक ल्याउने तयारी रहेको छ । क्यान महाप्रबन्धक वृतान्त खनालले जानकारी दिए।

सम्बाददाता

Leave a Reply

Next Post

श्रीलंकामाथिको जित पछि प्रशिक्षक केसीले खेलाडीलाई दिए बधाई,यस्तो छ भारतविरुद्धको रणनीति

Thu Jul 28 , 2022
काठमाण्डौ। साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकाविरूद्ध विशाल जित हासिल गरेको छ ।आज भएको दोस्रो खेलमा नेपाल ३-० ले विजय भएको हो। खेलपछि बोल्दै टोलीका सहायक प्रशिक्षक बालगोपाल साहुखलले लगातार दोस्रो जितबाट टोलीको आत्मविश्वास बढेको बनाएका छन्।”श्रीलंकाले निकै राम्रो खेलेको हो ।पहिलो हाफमा गोल […]

You May Like

error: