‘लिग टु’मा नेपालको खेल जित्ने भन्दा हार्ने धेरै,अब ग्लोबल छनोट हुने सम्भावना कति ?

काठमाडौं ।

सन् २०१९ मे मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको रोडम्यापसहित आईसीसी क्रिकेट विश्वकप लिग टु को घोषणा गरेको थियो ।

जसमा एकदिवसीय वरीयतामा रहेका १४ देखि २० स्थानसम्मका ७ राष्ट्रका टोलीले ३ वर्षको बीचमा कूल ९ त्रिकोणात्मक शृखंला (३६ खेल) खेल्ने गरी शृखंला तय गरिएको थियो । यो प्रतियोगिता नियमित रुपमा आयोजना हुन सकेको भए सन् २०२२ को जनवरीमै सकिने थियो ।

कोरोना महामारीका कारण यो प्रतियोगिता पनि प्रभावित रह्यो ।शृखंलामा नेपालले आधा धन्दा २ खेल धेरै खेलको छ ।नेपालले २० खेल पूरा गरेको छ । नेपालले अझै चारवटा शृंखला खेल्न बाँकी छ ।

२० खेलमा मात्र १७ अंक :लिग टु मा नेपालले अहिलेसम्म पाँच शृंखला खेलेको छ ।३६ मध्ये २० खेल खेल्दा नेपालको जित करिव आधामात्र छ । नेपालले ८ खेल जित्दा ११ खेलमा हार बेहोरेको छ । एक खेल बराबरी हुँदा नेपालले अंक बाँडेको थियो ।

७ टिम सहभागी लिग टु मा नेपाल अहिले छौतौ स्थानमा छ । नेपाल भन्दा पछि पपुवा न्युगिनी (२) अंक छ ।लिग टु मा आफ्नो सबै शृखंला खेलिसकेको ओमान ४४ अंकसहित शीर्ष स्थानमा छ र शीर्ष तीनमा रहँदै विश्वकपको मुख्य छनोट खेल्ने लगभग पक्का छ । बाँकी ६ टिम भने शीर्ष तीनमा पर्नका लागि प्रतिस्पर्धमा छन् । २० खेलबाट जम्मा एक खेल मात्र जितेको पपुवा न्युगिनी यो होडबाट लगभग बाहिरिसकेको छ ।

सन् २०२० मा घरेलु मैदान कीर्तिपुरमा खेल्दै लिग टु मा डेब्यू गरेको नेपालले त्यसपछि ओमान, युएई र अमेरिकामा शृखंला खेलिसकेको छ ।नेपालले नेपाल, अमेरिका र ओमानसम्मिलित तीनवटै शृंखला खेलिसकेको छ । युएई र पपुवा न्युगिनी सम्मिलित एक शृखंला खेलेको छ ।

कीर्तिपुरमा भएको पहिलो शृंखलामा नेपालले अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो । ओमानविरुद्ध भने नेपालले दुवै खेल गुमायो । त्यसपछि २०२१ सेप्टेम्बरमा ओममान भएको शृखंलामा नेपालले अमेरिका र ओमानलाई एक एक खेलमा पराजित गर्दा दुवै टिमसँग एक एक खेलमा भने पराजित भयो ।

त्यसपछि २०२२ मार्चमा युएईमा भएको शृंखलामा नेपालले पपुवान्यु गिनीलाई दुवै खेलमा हरायो भने युएईसँग दुवै खेलमा पराजित भयो । सुरुवाती तीन शृखंलामा नेपालको जित–हारको अनुपात ५० प्रतिशत थियो ।

अमेरिकामा गत जुनमा भएको शृंखलामा भने नेपालले ओमान विरुद्ध एक खेलमात्र जित्यो । ओमान र अमेरिकासँग एक एक खेलमा पराजित भएको नेपालले अमेरिकासँगको एक खेल भने बराबरी गरेको थियो ।

नेपालले लिग टु का ६ वटै विपक्षीसँग खेलिसकेको छ । जसमा ओमान, अमेरिका, पपुवा न्युगिनी र स्कटल्याण्डलाई नेपालले हराएको छ । तर युएई र नमिम्बिया सँग दुवै खेल नेपाल पराजित भएको छ । लिग टु मा पपुवा न्युगिनी नेपाल अपराजित छ । ओमान र अमेरिकासँग भने मिश्रित नतिजा निकालेको छ ।

नेपालबाट लिग टु मा अहिलेसम्म कुनै पनि ब्याटरले शतक प्रहार गर्न सकेका छैन । आसिफ शेखले हालसम्म ४८१ रन बनाएका छन्।लिग टु मा धेरै रन बनाउनेमा उनीहरु  २२ औं स्थानमा छन् ।४८१ रन बनाउने क्रममा उनले ४ खेलमा अर्धसतक प्रहार गरेका छन्।नेपाली खेलाडीको व्यक्तिगत उच्च स्कोर आसिफ शेखको ९० रन हो ।

रोहित कुमार पौडेलले ४३४ रन बनाएका छन् र लिग टु मा धेरै रन बनाउनेमा उनीहरु २६ औं स्थानमा छन् । आरिफ शेखले ३५१ र कुशल भुर्तेलले ३३ रन बनाएका छन् । आरिफ शेख र कुशल भुर्तेल लिग टु मा धेरै रन बनाउनेमा क्रमश ३२ र ३५ औं स्थानमा छन्।लिग टु मा ओमानका जतिन्दर सिंहले ३६ खेलमा सर्वाधिक एक हजार ९८ रन बनाउँदा ओमानकै कप्तान जिसान मक्सुदले ३४ खेलमा ९६९ रन बनाएका छन् ।

बलिङतर्फ कप्तान सन्दीप लामिछाने ४२ विकेट लिएका छन्।भने करण केसी समान ३७ विकेट लिएका छन् । सन्दीप नेपालबाट लिग टु मा सबै २० खेल खेल्ने खेलाडी पनि हुन् ।सन्दीप लिग टु मा धेरै विकेट लिनेमा तेस्रो नम्बरमा रहेको छ।

नेपालका करण केसीले १९ खेलमा ३७ विकेट लिएका छन्।उनी लिग टु मा धेरै विकेट लिनेमा छैटौ नम्बरमा रहेका छन्।सोमपाल कामीले १६ खेलमा २३ र सुशन भारीले १० खेलमा १४ विकेट लिएका छन् । ओमानका बिलाल खानले ३५ खेलमा सर्वाधिक ७६ विकेट लिँदा ओमानका कप्तान मक्सुदले ३४ खेलमा ४७ विकेट लिएका छन् ।

शीर्ष तीनमा पर्ने सम्भावना कति ?

लिग टु मा नेपालले अझै १६ खेल खेल्न बाँकी छ । नेपालले चार शृखंलाको १६ खेल खेल्न बाँकी रहेको छ ।यस्तोमा नेपाललाई विपक्षी बारे जानकारी भएको छ । त्यसैले आगामी शृखंलामा खेल्नु अघि नेपालले त्यही अनुसार तयारी गर्न पाउनेछ ।

नेपालले अब खेल्ने चार मध्ये दुई शृखंला घरेलु मैदानमा र दुई शृखंला बाहिर हुनेछ । तर अहिलेसम्म कुन शृंखला कहा हुने तय छैन ।नेपाल, स्कटल्याण्ड र नामिबिया अनी नेपाल,युएई र पपुवा न्यु गिनी सम्मिलित एक एक शृखंला नेपालमा हुनेछ भने नेपालले नामिबया र पपुवा न्यु गिनरी गएर एक एक शृंखला खेल्नुपर्ने हुन्छ । तर आईसीसीले अझै पनि बाँकी शृंखला कहाँ हुने सार्वजनिक गरेको छैन ।

बाँकी शृंखलाहरु आगामी सेप्टेम्बर, नोभेम्वर र अर्को वर्ष फेब्रुअरीसम्म हुने सम्भावना छ । नेपाल क्रिकेट संघ –क्यान) पनि दुई शृखंला घरेलु मैदानमै गराउने तयारीमा छ । अर्को वर्ष फब्रुअरीसम्म लिग टु को सबै शृंखला सकाउने आईसीसीको तयारी छ । यदी सबै शृंखला सकिएको जित प्रतिशतको आधारमा टिमको स्थान तय हुनेछ ।

ग्लोबल छनोटमा सजिलै पुग्ने हो भने नेपालले शीर्ष स्थानमा लिग टु सकाउनुपर्नेछ र त्यसका लागि बाँकी रहेको खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै सकेसम्म धेरै खेल जित्नुपर्ने हुन्छ ।स्कटल्याण्डमा नेपालले एक जित र दुई हारको नतिजा निकालेको छ । अब एक खेल खेल्न बाँकी छ ।त्यसपछि घरेलु मैदानमा हुने शृंखलामा राम्रो गर्न सके नेपाललाई फाइदा पुग्नेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपाल र श्रीलंकाबिचको खेल प्रत्यक्ष प्रशारण हुने,यस्तो छ हेर्ने तरिका

Wed Jul 27 , 2022
काठमाडौं। साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्ने छ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले श्रीलंकासँग  साझा ७.१५ बजेबाट सुरु हुने छ । आज नेपाल लगातार दोस्रो जितको खोजीमा हुने छ।भने श्रीलंका नेपालविरूद्ध साफ यू-२० च्याम्पियनसिपको पहिलो जितको खोजीमा हुने छ।नेपालले साफ यू-२० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य […]

You May Like

error: