काठमाडौं।
नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई आईसीसीले ‘लङ सर्भिस अवार्ड’ प्रदान गरेको छ । इङ्ल्यान्डमा भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको वार्षिक साधारण सभामा चन्दलाई उक्त अवाबाट प्रदान गरिएको हो ।
आईसीसीले चन्दले नेपाली क्रिकेटमा गरेको असाधारण समर्पण र प्रतिबद्धताको कदरस्वरुप सम्मान गरेको पनि जनाएको छ । अध्यक्ष चन्द आईसीसीको साधारण सभामा भाग लिन इङ्ल्यान्ड जानुभएको छ ।
यो पनि पढ्नुहोस : दीपेन्द्रसहित ५ खेलाडीको कीर्तिमान तोड्दै यी खेलाडीले बनाए विश्व कीर्तिमान
टी-ट्वान्टी अन्तराष्ट्रियमा खेलमा फ्रान्सका ओपनरले विश्व कीर्तिमान कायम गरेका छन्।फ्रान्सका ओपनर गुस्टिभ म्याककिओनले कम उमेरमा टी-ट्वान्टी अन्तराष्ट्रियमा शतक प्रहारको कीर्तिमान बनाएका छन् ।
१८ वर्ष २८० दिनमा फ्रान्सेली ओपनरले कीर्तिमान बनाएका हुन् ।फिनल्याण्डमा जारी रहेको आईसीसी टी-ट्वान्टी विश्वकप २०२४ को युरोप क्षेत्रीय छनोटमा उनले कीर्तिमान बनाएका हुन् ।
उनले स्विजरल्याण्डविरुद्धको खेलमा कीर्तिमान बनाएका हुन् ।९ छक्का र ५ चौकाको मद्दतमा गुस्टिनले ६१ बलमा १०९ रन बनाएका थिए ।यस अघि यस कीर्तिमान अफगानस्तानका ओपनर हजरतुल्लाह जाजाईको नाममा रहेको थियो ।
सन् २०१९ मा आयरल्याण्डविरुद्ध ६२ बलमा उनले अविजित १६२ बनाएका थिए ।त्यस समयमा हजरतुल्लाह २० वर्ष ३३७ दिनका थिए।
यस सूचीमा नेपालका दीपेन्द्र सिंह ऐरी पाचौँ स्थानमा छन् ।ऐरीले गत अप्रिलमा मलेसियाविरुद्ध शतक प्रहार गरेका थिए ।दिपेन्द्र सिंह ऐरी २२ वर्ष ६८ दिनको रहँदा मलेसियाविरुद्ध शतक प्रहार गरेका थिए ।