नेपालले भोलि कमजोर टोली श्रीलंकाविरुद्ध खेल्दै,यस्तो छ सम्पूर्ण विवरण

काठमाडौं।

साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा भोलि श्रीलंकासँग खेल्ने छ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले भोलि श्रीलंका भोलि साझा ७ बजेबाट सुरु हुने छ ।

भोलि नेपाल लगातार दोस्रो जितको खोजीमा हुने छ।भने श्रीलंका नेपालविरूद्ध साफ यू-२० च्याम्पियनसिपको पहिलो जितको खोजीमा हुने छ।नेपालले साफ यू-२० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको छ।

हिजो भएको आफ्नो पहिलो खेलमा नेपालले सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

माल्दिभ्सविरुद्ध एकतर्फी खेल पस्किएको नेपालले ४२ औं मिनेटमा दिपेशको गोलबाट सुरुआती अग्रता बनायो ।कप्तान आयुष घलानको फ्रि-किक माल्दिभ्सका गोलकिपर सैहन अलीले पन्च गर्दै क्लियर गरेका थिए ।

त्यहिँ बल नियन्त्रणमा लिदै दिपेशले करिब ३४ यार्डबाट उत्कृष्ट गोल गरे ।दोस्रो हाफमा नेपालले थप दुई गोल गर्यो ।खेलको ५८ औं मिनेटमा सुगमले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।

खेलको ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमा गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए ।माल्दिभ्सका डिफेन्डरले कप्तान आयुसलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

जसमा कृतिस चुकेनन् ।त्यसपछि खेलको इन्जुरी समयमा मनग्यले गोल गर्दै नेपाललाई ४-० को फराकिलो जित दिलाए ।त्यसबाहेक नेपालले अन्य थुप्रै गोलको अवसर गुमाएको थियो ।

यता श्रीलंका भने आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो। हिजो भएको पहिलो खेलमा श्रीलंकालाई १-० गोल पराजित गरेको थियो।नेपालले भोलि श्रीलंका विरुद्ध सहज जितको खोजीमा हुने छ ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।त्यस्तै भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपाली टिमलाई इतिहास दोहोर्याउने ठूलो मौका

Tue Jul 26 , 2022
काठमाडौं। अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्दैछन्।पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी-२० विश्वकपमा २० टिमले सभागिता जाउँदैछन्। आइसिसीले २०२४ देखि पहिलोपटक २० टिमबीच टी-२० विश्वकपमा प्रतिस्पर्धा गराउन लागेको हो। २०२४ देखिको टी-२० विश्वकपमा १२ टिम सिधै पुग्नेछन् भने ८ टिमले क्षेत्रीय छनोट चरणमा पार […]

You May Like

error: