काठमाडौं।
नेपाली राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्री र सीता राना मगरको आईसीसी महिला टी-ट्वान्टी वरीयतामा सुधार भएको छ ।अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा रुबिना र सीताको ब्याटिङ वरीयता सुधार भएको छ ।
ब्याटिङ वरीयतामा एक स्थान सुधार गर्दै सीता ६४ औं स्थानमा उक्लिएकी छिन् । एक स्थान सुधार गरेकी रुबिना ८४ औं स्थानमा उक्लिएकी छिन् ।
ब्याटिङतर्फ नेपालकी ज्योति पाण्डे १०० औं स्थानमा झरेकी छिन् ।यस्तै बलिङतर्फ नेपालकी कविता कुँवर ७४ औं स्थानमा यथावत रहेकी छिन् ।
बलिङमा सीता ८० औं स्थानमा यथावत रहदा रुबिना ८१ औं स्थानमा यथावत रहेकी छिन् । आईसीसी महिला टी-ट्वान्टी राष्ट्रको वरीयतामा नेपाल १८ औं स्थानमा रहेको छ।
यो पनि पढ्नुहोस्;दीपेन्द्रसहित ५ खेलाडीको कीर्तिमान तोड्दै यी खेलाडीले बनाए विश्व कीर्तिमान
टी-ट्वान्टी अन्तराष्ट्रियमा खेलमा फ्रान्सका ओपनरले विश्व कीर्तिमान कायम गरेका छन्।फ्रान्सका ओपनर गुस्टिभ म्याककिओनले कम उमेरमा टी-ट्वान्टी अन्तराष्ट्रियमा शतक प्रहारको कीर्तिमान बनाएका छन् ।
१८ वर्ष २८० दिनमा फ्रान्सेली ओपनरले कीर्तिमान बनाएका हुन् ।फिनल्याण्डमा जारी रहेको आईसीसी टी-ट्वान्टी विश्वकप २०२४ को युरोप क्षेत्रीय छनोटमा उनले कीर्तिमान बनाएका हुन् ।
उनले स्विजरल्याण्डविरुद्धको खेलमा कीर्तिमान बनाएका हुन् ।९ छक्का र ५ चौकाको मद्दतमा गुस्टिनले ६१ बलमा १०९ रन बनाएका थिए ।यस अघि यस कीर्तिमान अफगानस्तानका ओपनर हजरतुल्लाह जाजाईको नाममा रहेको थियो ।
सन् २०१९ मा आयरल्याण्डविरुद्ध ६२ बलमा उनले अविजित १६२ बनाएका थिए ।त्यस समयमा हजरतुल्लाह २० वर्ष ३३७ दिनका थिए।
यस सूचीमा नेपालका दीपेन्द्र सिंह ऐरी पाचौँ स्थानमा छन् ।ऐरीले गत अप्रिलमा मलेसियाविरुद्ध शतक प्रहार गरेका थिए ।दिपेन्द्र सिंह ऐरी २२ वर्ष ६८ दिनको रहँदा मलेसियाविरुद्ध शतक प्रहार गरेका थिए ।