दीपेन्द्रसहित ५ खेलाडीको कीर्तिमान तोड्दै यी खेलाडीले बनाए विश्व कीर्तिमान

काठमाडौं।

टी-ट्वान्टी अन्तराष्ट्रियमा खेलमा फ्रान्सका ओपनरले विश्व कीर्तिमान कायम गरेका छन्।फ्रान्सका ओपनर गुस्टिभ म्याककिओनले कम उमेरमा टी-ट्वान्टी अन्तराष्ट्रियमा शतक प्रहारको कीर्तिमान बनाएका छन् ।१८ वर्ष २८० दिनमा फ्रान्सेली ओपनरले कीर्तिमान बनाएका हुन् ।

फिनल्याण्डमा जारी रहेको आईसीसी टी-ट्वान्टी विश्वकप २०२४ को युरोप क्षेत्रीय छनोटमा उनले कीर्तिमान बनाएका हुन् ।उनले स्विजरल्याण्डविरुद्धको खेलमा कीर्तिमान बनाएका हुन् ।९ छक्का र ५ चौकाको मद्दतमा गुस्टिनले ६१ बलमा १०९ रन बनाएका थिए ।यस अघि यस कीर्तिमान अफगानस्तानका ओपनर हजरतुल्लाह जाजाईको नाममा रहेको थियो ।

सन् २०१९ मा आयरल्याण्डविरुद्ध ६२ बलमा उनले अविजित १६२ बनाएका थिए ।त्यस समयमा हजरतुल्लाह २० वर्ष ३३७ दिनका थिए। यस सूचीमा नेपालका दीपेन्द्र सिंह ऐरी पाचौँ स्थानमा छन् ।ऐरीले गत अप्रिलमा मलेसियाविरुद्ध २२ वर्ष ६८ दिनको रहँदा शतक प्रहार गरेका थिए ।

यो पनि पढ्नुहोस्;वेस्ट इन्डिज भ्रमण : कप्तान विलियम्सनसहित ६ सिनियर खेलाडी टोलीमा फर्किए

कप्तान केन विलियम्सनसहित ६ सिनियर खेलाडीलाई समेट्दै न्यूजिल्यान्डले वेस्ट इन्डिज भ्रमणका लागि आफ्नो टोली घोषणा गरेको छ।  विलियम्सन, ट्रेन्ट बोल्ट, डेभन कोनवे, टिम साउथी इङ्ल्यान्डविरुद्धको तीन खेलको टेस्ट सिरिज खेलेर जुनको अन्त्यमा स्वदेश फर्केका थिए।

टम लाथमले आयरल्यान्डविरुद्धको एकदिवसीय सिरिजको कप्तानी गरेका थिए।म्याट हेनरीले पनि आयरल्यान्डविरुद्धको एकदिवसीय सिरिज खेलेपछि टोली छाडेर केन्टका लागि काउन्टी क्रिकेटमा आवद्ध भएका थिए।

उनीहरू सबै वेस्ट इन्डिज भ्रमणका लागि छनोट गरिएको १५ सदस्यीय टोलीमा फर्किएका छन्। वेस्ट इन्डिजमा न्यूजिल्यान्डले टी–२० र एकदिवसीय सिरिज खेल्ने छ। भ्रमण अगस्ट १० देखि जमैकामा तीन खेलको टी–२० आई सिरिजबाट सुरु हुनेछ।

त्यसपछि बार्बाडोसमा तीन एकदिवसीय खेल हुनेछ।यो सिरिजसँगै अक्टोबरमा हुने टी–२० विश्वकपका लागि न्यूजिल्यान्डको तयारी सुरु हुनेछ।आराम र चोटका कारण टोली बाहिर रहेका विलियम्सनको अन्तिम टी–२० गत वर्षको विश्वकपको फाइनल थियो, जहाँ न्यूजिल्यान्डले हार बेहोरेको थियो ।

यससँगै उनले आफ्नो अन्तिम एकदिवसीय खेल मार्च २०२० मा खेलेका थिए, जुन कोरोना महामारीका कारण खेलहरू बन्द हुनुअघिको अन्तिम क्रिकेट खेल थियो।

यी ६ खेलाडी छनोटका कारण हेनरी निकोल्स, विल यङ्ग,​मार्क च्यापम्यान, ड्यान क्लीभर, ज्याकब डफी, माइकल रिपल, बेन सियर्स र ब्लेयर टिकनरले आयरल्यान्ड, स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध खेल्ने टोलीमा स्थान पाउन सकेनन्।

एडम मिल्ने चोटका कारण युरोप भ्रमणबाट बाहिर भएका छन्।उनी अझै निको भएका छैनन्, त्यसैले उनी वेस्ट इन्डिज भ्रमणका लागि छनोट भएका छैनन्।न्यूजिल्यान्ड अहिले स्कटल्यान्डमा छ।

स्कटल्यान्डमा यो टोलीले जुलाई २७ र २९ मा दुई टी–२० र ३१ जुलाईमा एक एकदिवसीय खेल खेल्ने छ। त्यसपछि टोली नेदरल्यान्ड्सको यात्रा गर्नेछ। नेदरल्यान्ड्समा न्यूजिल्यान्डले अगस्ट ४ र ५ मा दुईवटा टी–२० खेल्ने तालिका छ।

सम्बाददाता

Leave a Reply

Next Post

कप्तान रुबिना र सीताको टी-ट्वान्टी वरीयतामा सुधार

Tue Jul 26 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्री र सीता राना मगरको आईसीसी महिला टी-ट्वान्टी वरीयतामा सुधार भएको छ ।अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा रुबिना र सीताको ब्याटिङ वरीयता सुधार भएको छ । ब्याटिङ वरीयतामा एक स्थान सुधार गर्दै सीता ६४ औं स्थानमा उक्लिएकी छिन् ।  एक […]

You May Like

error: