नेपालसँग खेल्नु अघि श्रीलंकाको खराब प्रदर्शन, बङ्गलादेशको सानदार जित

काठमाडौं।

साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा बङ्गलादेशले विजय सुरुवात गरेको छ।आज भएको पहिलो खेलमा श्रीलंकालाई १-० गोल पराजित गरेको छ।साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा बङ्गलादेश र श्रीलंका बीचको यस प्रतियोगिताको दोस्रो खेल थियो।

यस अघि नेपालले साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

माल्दिभ्सविरुद्ध एकतर्फी खेल पस्किएको नेपालले ४२ औं मिनेटमा दिपेशको गोलबाट सुरुआती अग्रता बनायो ।कप्तान आयुष घलानको फ्रि-किक माल्दिभ्सका गोलकिपर सैहन अलीले पन्च गर्दै क्लियर गरेका थिए ।

त्यहिँ बल नियन्त्रणमा लिदै दिपेशले करिब ३४ यार्डबाट उत्कृष्ट गोल गरे ।दोस्रो हाफमा नेपालले थप दुई गोल गर्यो ।खेलको ५८ औं मिनेटमा सुगमले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।

खेलको ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमा गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए ।माल्दिभ्सका डिफेन्डरले कप्तान आयुसलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

जसमा कृतिस चुकेनन् ।त्यसपछि खेलको इन्जुरी समयमा मनग्यले गोल गर्दै नेपाललाई ४-० को फराकिलो जित दिलाए ।त्यसबाहेक नेपालले अन्य थुप्रै गोलको अवसर गुमाएको थियो ।

माल्दिभ्सले पनि केहि अवसरलाई खेर फालेको थियो ।जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग बुधबार खेल्नेछ ।त्यस्तै भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

टीम इन्डियाका यी ४ खेलाडी सन्यासको मुखमा, करियर लगभग खत्म

Mon Jul 25 , 2022
काठमाडौँ । भारतीय क्रिकेट टोलीमा छनोट हुन जति गाह्रो मानिन्छ, त्यति नै गाह्रो हुन्छ टीम इण्डियामा आफूलाई कायम राख्न, किनभने टोली बाहिर धेरै खेलाडी छन् जसले आफ्नो उत्कृष्ट प्रदर्शनको आधारमा कडा प्रतिस्पर्धा दिन्छन् । भारतका ४ खेलाडी यस्ता छन्, जसको टेस्ट करियर लगभग समाप्त भइसकेको छ र उनीहरुका लागि भारतीय […]

You May Like

error: