गोलको वर्षा गर्दै माल्दिभ्स बिरुद्द नेपालको सानदार जित

काठमाडौं।

आजबाट भारतको भुवनेश्वरमा सुरु हुने यू–२० साफ च्याम्पियनसिपमा नेपालले आफ्नो उद्घाटन खेलमा नेपालले आज माल्दिभ्स विरूद्ध सानदार जित हासिल गरेको छ ।

नेपाल र माल्दिभ्सले आफ्नो उद्घाटन खेल भारतको कालिङ्गा स्टेडियममा नेपाली समय अनुसार ४:१५ बजे सुरु भएको खेलमा ४-० गोलले अग्रता लिदै जित हासिल गरेको हो।

नेपालको लागि दिपेश गुरुङले सानदार पहिलो गोल गरेका हुन्। दिपेश गुरुङले पहिलो गोल ४१ औं मिनेटमा गरेको हुन् ।

त्यस्तै सुगम सुनवलले ५८ औ मिनेटमा दोस्रो गोल ,क्रितिशले ६१ औ मिनेटमा तेश्रो गोल र थपिएको ४ मिनेटमा मनग्य नकर्कीले चौथो गोल गर्दै नेपाललाई खेलमा ४-० को अग्रता लिएर खेल जिताएका छन् ।

साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल सुखद सुरुआतगरेको छ । नेपाल पहिलो खेलमै जित हस्सिल गरेर महत्वपूर्ण तीन अंक जोडेको छ ।हाल सम्म साफ यू–२० मा नेपालले माल्दिभ्सविरूद्ध जम्मा ३ खेल खेलेको छ।

माल्दिभ्सबिरुद्ध नेपालको शुरुवाती ११ः  ईश्वर गुरुङ्ग,आयुष घलान, अजय चौधरी, अमर श्रेष्ठ, कृतिश रत्न छिन्जु, दिपेश गुरुङ्ग, सुमित श्रेष्ठ, आशिष राई, अविषेक वाईवा, सुगम सुवाल र सन्दीप कार्की

नेपाली टोली : गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख, डिफेन्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा,

मिडफिल्डर : दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान. फरवार्डः रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी

सम्बाददाता

Leave a Reply

Next Post

ठूलो ईतिहास रच्नबाट चुके यू-२० कप्तान आयुष घलान

Mon Jul 25 , 2022
काठमाडौं। नेपालले साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । नेपाली टिमका कप्तान आयुष घलानले एतिहास रच्नबाट वञ्चित भएका छन्।उनी सँग आज नेपाली टिममा नौलो किर्तीमान बनाउन मौका थियो तर […]

You May Like

error: