नेपाल भर्सेस माल्दिभ्स आज खेल्दै,यस्तो छ विगत

काठमाडौं।

आजबाट भारतको भुवनेश्वरमा सुरु हुने यू–२० साफ च्याम्पियनसिपमा नेपालले आफ्नो उद्घाटन खेलमा नेपालले आज माल्दिभ्सको सामना गर्दैछ ।नेपाल र माल्दिभ्सले आफ्नो उद्घाटन खेल भारतको कालिङ्गा स्टेडियममा नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ ।

साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल सुखद सुरुआतको योजनामा रहेको छ । नेपाल पहिलो खेलमै महत्वपूर्ण तीन अंक जोड्न चाहन्छ ।हाल सम्म साफ यू–२० मा नेपालले माल्दिभ्सविरूद्ध जम्मा २ खेल खेलेको छ।

नेपालले साफ यू–२० मा माल्दिभ्सलाई एक चोटि हराएको छ भने आज चोटी बराबरी खेलेको छ।नेपाली आज को खेलमा पराजित गर्दै नेपालले माल्दिभ्स विरुद्धको विजय यात्रा लम्बाउने रणनितीमा हुने छ।

‘यस खेलका लागि हामीले मेहेनत गरेका छौँ । माल्दिभ्सविरुद्धको खेलमा हामीले ३ अंक प्राप्त गर्ने छौँ । हामी गोर्खाली हौँ अन्तिमसम्म फाइट गर्छौं,’ माल्दिभ्ससँगको खेल अघि प्रि-म्याच कन्फरेन्समा नेपाली टोलीका कप्तान आयुष घलानले भने,’ हामीलाई गुमाउनु केहि छैन त्यसैले दबाबबिना खेल्छौं ।’

आयुष नेपली टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् । आयुष सिनियर राष्ट्रिय टोलीका नियमित सदस्य समेत हुन् ।आयुषले राष्ट्रिय टोलीका लागि ७ खेलमा १ गोल गरिसकेका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले तयारी राम्रो गरेको कारण प्रतियोगिताका लागि उत्कृष्ट टिम बनाएको बताए ।’हामीले साढे एक महिना तयारी गरेका छौँ । तयारी राम्रो भएको छ तर, साफको उमेर समूहको टिमबारे अनविज्ञ छौँ । तर, साफका लागि हामीले उत्कृष्ट टिम बनाएका छौँ,’ प्रशिक्षक केसीले भने ।

माल्दिभ्सका प्रशिक्षक अहमद साकिरले नेपाली टोलीको खेल कस्तो छ भनेर आफुलाई थाहा नभएको जनाए ।’एउटा प्रशिक्षकको रुपमा त्यस्तो टोलीविरुद्ध खेल्नु कठिन हुन्छ जसको कुनै खेलको बारेमा अहिलेसम्म थाहा छैन । हाम्रो अधिकांश खेलाडीहरु माल्दिभ्सको‌ प्रिमियर लिगमा खेलिरहेका छन् । फिटनेसको हिसाबमा हामी अब्बल छौँ । किनकी खेलाडी लगातार खेलिरहेका छन् । हामिसँग भएको समय र स्रोतको हिसाबले तयारी राम्रो छ । हामी राम्रो गर्न सक्छौँ,’ उनले भने ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।नेपालले माल्दिभ्सपछि श्रीलंकासँग बुधबार खेल्नेछ । त्यस्तै भारतसँग आगामी आइतबार र र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टोली :

गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख

डिफेन्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा

मिडफिल्डर : दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान

फरवार्डः रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी

सम्बाददाता

Leave a Reply

Next Post

नेपालले आज माल्दिभ्ससँग खेल्दै, यस्तो छ लाईभको सम्भावना

Mon Jul 25 , 2022
काठमाडौं। आजबाट भारतको भुवनेश्वरमा सुरु हुने यू–२० साफ च्याम्पियनसिपमा नेपालले आफ्नो उद्घाटन खेलमा नेपालले आज माल्दिभ्सको सामना गर्दैछ ।नेपाल र माल्दिभ्सले आफ्नो उद्घाटन खेल भारतको कालिङ्गा स्टेडियममा नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ । साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल सुखद सुरुआतको योजनामा रहेको छ । नेपाल पहिलो खेलमै […]

You May Like

error: