टी-२० खेल जीवनको पहिलो ओभरमै ह्याट्रिक

आयरल्यान्डविरूद्धको टी-२० सिरिजको दोस्रो खेलमा घरेलु टिम न्युजिल्यान्डले ८८ रनको जित निकालेको छ। पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४ विकेट १७९ रन जोडेको थियो।१८० रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १३.५ ओभरमा ९१ रनमै अलआउट भयो।

खेलमा न्युजिल्यान्डका मिचेल ब्रासवेलले ह्याट्रिक गरे। टी-२० अन्तर्राष्ट्रिय खेलमा पहिलो ओभरमा बलिङ गरेका उनले पाँच बलमा तीन विकेट लिएका हुन्।खेलको १४औं ओभरमा पहिलो बलमा चौका र दोस्रो बलमा एक रन दिएपछि उनले बाँकी तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक गरे।

तेस्रो बलमा आयरल्यान्डका मार्क अडियर र चौथो बलमा म्यककार्थीलाई क्याच आउट गराए। पाँचौ बलमा क्राइग योङ पनि क्याच भएपछि ब्रासवेलले ह्याट्रिक गरे।

उनले यसअघि एक टी-२० खेले पनि बलिङ गरेका थिएनन्। उनले गत महिना इंग्ल्यान्डविरुद्ध टेस्ट खेल्दै राष्ट्रिय टिममा डेब्यू गरेका हुन्। उनले टी-२० अन्तर्राष्ट्रियमा डेब्यू भने आयरल्यान्डविरुद्धको सिरिजबाट गरेका थिए।

सम्बाददाता

Leave a Reply

Next Post

प्रशिक्षक पुबुदु दशानायाकेको राजिनामा बारे यस्तो लेख्छन भारतीय मिडिया

Fri Jul 22 , 2022
काठमाडौ। नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएका छन् ।पुबुदुले बुधबार पत्रकार सम्मेलन गर्दै व्यक्तिगत कारण देखाउदै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् ।नेपाली टिमबाट राजीनामा दिएको १ घण्टा नहुँदै उठा क्यानाडा क्रिकेट टिमले पुबुदु दशानायाकेलाई आफ्नो मुख्य प्रशिक्षकमा नियुक्त गरिएको  थियो । यहि बिषयलाइ समेट्दै भारतीय […]

You May Like

error: