काठमाडौँ।
आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज सोमबार पहिलो खेल खेल्दैछ ।नेपालले सिरिजको पहिलो खेलमा नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३:४५ बजे सुरु भएको हो।
नामिबियाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णयसँगै नेपालले फिल्डिंगको निम्तो पाएको हो । नेपालले बलिङ्गमा मध्यम सुरुवात गरेको छ । छैटौं ओभरको तेश्रो बलमा नेपालको लागि करण केसीले पहिलो विकेट लिएका छन् ।नामिबियाका Lo-handre Louwrens ले २३ बलमा १८ रन बनाएर आउट भएका छन्।
नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने हुनेछैन ।नामिबिया पनि नेपाललाई हराएर सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । सिरिजको पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो ।
सिरिज अघि नेपालले तयारीका लागि क्यानडाको भ्रमण गरेको थियो । क्यानडामा नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्दा स्थानीय टोलीसँग दुई अभ्यास खेल खेलेको थियो ।लिग टू को अंक तालिकामा नेपाल १६ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । नामिबिया १५ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।
नेपालको प्लेइङग ११ : सन्दिप लामिछाने (कप्तान), देव खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल (उपकप्तान), आरिफ शेख(विकेटकिपर), करण केसी, कुशल भुत्र्तेल, बसिर अहम्मद, सोमपाल कामी, र आदिल आलम अन्सारी रहेका छन् ।