साफ च्याम्पियनसिप खेल्न जानु अघि यसो भन्छन आयुष घलान

काठमाडौ।

मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार च्याम्पियनसिपका लागि टोली घोषणा गरेका हुन् । साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ ।नेपालले जुलाई २७ मा श्रीलंकासँग दोस्रो खेल खेल्नेछ भने जुलाई ३१ मा नेपालले भारतसँग खेल्नेछ ।समूहको अन्तिम खेलमा नेपालले अगस्ट २ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।भारतमा हुने साफ यू–२० च्याम्पियनसिपका लागि यू–२० राष्ट्रिय टोलीको अन्तिम टोली घोषणा गरिएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमले बाट खेली सकेका आयुष घलान पनि नेपालको यू–२० मा रहेका छन्।आयुष घलान टिमको अभ्यास राम्रो भएको हुनाले साफ यू–२० च्याम्पियनसिपमा राम्रो गर्ने बताएका छन्।राष्ट्रिय टोलीमा भएका खेलाडीको गुणस्तरका कारण हामी यो साफ यू–२० च्याम्पियनसिपमा जुनसुकै टोलीलाई चुनौती दिने बताएका छन्।”यस राष्ट्रिय टोलीमा भएका खेलाडीको गुणस्तरका कारण हामी यो साफ यू–२० च्याम्पियनसिपमा जुनसुकै टोलीलाई चुनौती दिन सक्छौँ भन्ने विश्वास छ” आयुष घलानले भने ।

हिजो भएको मैत्रीपूर्ण खेलमा टीएएफसीले नेपाल यू–२० टोलीलाई ३–० ले हराएको थियो ।साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ । नेपालले जुलाई २७ मा श्रीलंकासँग दोस्रो खेल खेल्नेछ भने जुलाई ३१ मा नेपालले भारतसँग खेल्नेछ । समूहको अन्तिम खेलमा नेपालले अगस्ट २ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम टोली:

गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख , डिफेन्डरः अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा

मिडफिल्डरः दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मेजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान, फरवार्डः निरञ्जन मल्ल, रोहन खड्गी

सम्बाददाता

Leave a Reply

Next Post

कप्तान सन्दीपले गरेको ट्वीटको बल्ल बाहिरियो मुख्य रहस्य

Wed Jul 20 , 2022
काठमाडौ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुवुदु दासानायकेले बुधबारदेखि जिम्मेवारी त्यागेका छन्। स्कटल्याण्ड भ्रमणअघि नै राजीनामा दिएका दासानायकेले पत्रकार सम्मेलन गर्दै त्यसलाई औपचारिकता दिए।उनको राजीनामा स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ। यसैबीच उनी क्यानाडाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। दासानायकेले व्यक्तिगत कारण देखाउँदै राजीनामा घोषणा […]

You May Like

error: