साफ यू–२० च्याम्पियनसिपअघि नेपाली टिमलाई ठूलो झड्का, टिमबाट बाहिरिए महत्त्वपूर्ण स्ट्राइकर

काठमाडौं।

साफ यू–२० च्याम्पियनसिपअघि त्रिभुवन आर्मी एफसीसँगको मैत्रीपूर्ण अभ्यास खेलमा चोट लागेपछि स्ट्राइकर दिपेश राई नेपाली यू–२० टोलीबाट बाहिर भएका छन् ।मंगलबार तयारीका क्रममा एन्फा कम्प्लेक्स सातदोबाटोमा दीपेशको दाहिने खुट्टामा चोट लागेको थियो । घाइते भएपछि उनलाई उपचारका लागि तत्कालै बीएण्डबी अस्पताल लगिएको थियो । प्रारम्भिक उपचारपछि चिकित्सकले कम्तीमा तीन महिना फुटबल खेल्न नपाउने बताएका छन् ।

मैत्रीपूर्ण खेलमा टीएएफसीले नेपाल यू–२० टोलीलाई ३–० ले हराएको थियो ।साफ यू–२० च्याम्पियनसिप आगामी असार २५ गतेदेखि भारतको भुवनेश्वरमा हुँदैछ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार च्याम्पियनसिपका लागि टोली घोषणा गरेका हुन् । साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ ।

नेपालले जुलाई २७ मा श्रीलंकासँग दोस्रो खेल खेल्नेछ भने जुलाई ३१ मा नेपालले भारतसँग खेल्नेछ । समूहको अन्तिम खेलमा नेपालले अगस्ट २ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । भारतमा हुने साफ यू–२० च्याम्पियनसिपका लागि यू–२० राष्ट्रिय टोलीको अन्तिम टोली घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार च्याम्पियनसिपका लागि टोली घोषणा गरेका हुन् ।साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ । नेपालले जुलाई २७ मा श्रीलंकासँग दोस्रो खेल खेल्नेछ भने जुलाई ३१ मा नेपालले भारतसँग खेल्नेछ । समूहको अन्तिम खेलमा नेपालले अगस्ट २ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम टोली:

गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख , डिफेन्डरः अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा ,मिडफिल्डरः दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मेजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान, फरवार्डः निरञ्जन मल्ल, रोहन खड्गी

सम्बाददाता

Leave a Reply

Next Post

राजीनामा घोषणा गर्दै पुबुदुले खोले नेपाली क्रिकेट टोलीको ठूलो रहस्य

Wed Jul 20 , 2022
काठमाडौ। नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको केही घण्टा नबित्दै पुबुदु दासानायके क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले नेपाली राष्ट्रिय क्रिकेट टिममा जति गरेपनि एकता ल्याउन नसकेको बताएका छन् । टिममा पछिल्लो समय ९५ प्रतिशत एकता […]

You May Like

error: