पुबुदु दशानायाकेले अर्को टिमको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएका छन् ।पुबुदुले बुधबार पत्रकार सम्मेलन गर्दै व्यक्तिगत कारण देखाउदै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् ।नेपाली टिमबाट राजीनामा दिएको १ घण्टा नहुँदै उठा क्यानाडा क्रिकेट टिमले पुबुदु दशानायाकेलाई आफ्नो मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ।

‘मेरो आफ्नै व्यक्तिगत कारण छन् जसलाई मैले सम्हाल्नु पर्छ त्यसैले म यो राजिनामा दिँदा दुखित छु,’ राजीनामा घोषणा गर्दै पुबुदुले भने, ‘मलाई क्यानले कुनै कारणले ल्याएको थियो । नेपाली क्रिकेट पहिलेको भन्दा धेरै बदलिएको छ । जुन परिवर्तन आवश्यक थियो मैले गरेँ अब युवा टोलीले आगामी दिनमा राम्रो गर्नेछ ।’

नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुले राजीनामा दिएको पुष्टि गरेको छ । क्यानको क्रिकेट म्यानेजर बिनोद दासले पुबुदुले राजीनामा बुझाईसकेको पत्रकार सम्मेलनमा जानकारी गराए ।दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको ८ महिनामै पुबुदुले राजीनामा दिएका हुन् ।

क्यानले गत मंसिरमा खुल्ला छनोटबाट पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।पुबुदुलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रुपमा लिइन्छ । तर, दोस्रो कार्यकालमा उनी सफल भएनन् ।यस अघि पुबुदु सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रुपमा रहेका थिए । उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–ट्वान्टी विश्वकप खेलेको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

साफ यू–२० च्याम्पियनसिपअघि नेपाली टिमलाई ठूलो झड्का, टिमबाट बाहिरिए महत्त्वपूर्ण स्ट्राइकर

Wed Jul 20 , 2022
काठमाडौं। साफ यू–२० च्याम्पियनसिपअघि त्रिभुवन आर्मी एफसीसँगको मैत्रीपूर्ण अभ्यास खेलमा चोट लागेपछि स्ट्राइकर दिपेश राई नेपाली यू–२० टोलीबाट बाहिर भएका छन् ।मंगलबार तयारीका क्रममा एन्फा कम्प्लेक्स सातदोबाटोमा दीपेशको दाहिने खुट्टामा चोट लागेको थियो । घाइते भएपछि उनलाई उपचारका लागि तत्कालै बीएण्डबी अस्पताल लगिएको थियो । प्रारम्भिक उपचारपछि चिकित्सकले कम्तीमा तीन […]

You May Like

error: