काठमाडौ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको केही घण्टा नबित्दै पुबुदु दासानायके क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले नेपाली राष्ट्रिय क्रिकेट टिममा जति गरेपनि एकता ल्याउन नसकेको बताएका छन् । टिममा पछिल्लो समय ९५ प्रतिशत एकता भएको बताएका हुन् ।आफूले सुरुवात गर्दा टिममा एकता नभएको बताउँदै उनले अमेरिका टुरमा ७५ प्रतिशत एकता भएको र अहिले टिममा ९५ प्रतिशत एकता देखिएको बताए ।
पुबुदुले बुधबार राजीनामा घोषणा गर्दै टिममा शत प्रतिशत एकता नभएको बताएका छन् । उनले टिममा एकता नभएका कारण नै राजीनामा दिएको संकेत गरे । ‘मैले सुरुवात गर्दा टिममा एकता थिएन । अहिले ९५ प्रतिशत एकता छ । अमेरिका टुरमा ७५ प्रतिशत एकता थियो,’ राजीनामा दिँदै पुबुदुले भने ।
पुबुदुले आफूले टिममा एकता ल्याउन धेरै मेहेनत गरेको बताए । उनले जति मेहनत गरेपनि आफूले टिममा ९५ प्रतिशत मात्र एकता ल्याउन सकेको बताए । पुबुदुले टिमलाई अझै उत्कृष्ट गर्न सकिने बताउँदै पछिल्लो समय लगातार नतिजा खराब आउँदा आफूले राजीनामा दिने अवस्था आएको बताए । ‘टिममा राम्रो सम्भावना छ । पछिल्लो समय आएको खराब नतिजा र आलोचनाले गर्दा मैले राजीनामा दिएको हुँ । नेपाली क्रिकेट मेरो सम्झनामा रहि रहनेछ,’ पुबुदुले भने ।
पुबुदुले आफ्नो प्रशिक्षकको करियरमा यो सबैभन्दा कठिन निर्णय भएको बताए । उनले नेपाली टिमले आफूलाई पुनः फर्कने मौका दिएकोमा धेरै खुसी भएको बताएका छन् । पुबुदुले आफूले अब परिवारलाई समय दिनु पर्ने भएकाले पनि राजीनामा दिएको बताए । ‘मेरो प्रशिक्षक करियरको सबैभन्दा कठिन निर्णय थियो । म नेपाली क्रिकेटबाट टाढा हुने भएको विषयले निकै भावुक छु । अब म मेरो परिवारको हेरचाह गर्छु । उनीहरूलाई मेरो आवश्यक छ,’ पुबुदुले भने ।