नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुद दशानायकेले पदबाट राजीनामा दिएका छन् स्कटल्याण्ड सिरिजबाट फर्किए पछि दशानायकेले राजीनामा दिएका हुन् ।
स्कटल्याण्ड र नामेविया सम्मिलित त्रिकोणात्मक एक दिवसीय सिरिजमा खराब प्रदर्शन गरेपछि निराश बनेका दशानायकेले काठमाडौं फर्किए लगत्तै पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
स्कटल्याण्ड सिरिजमा नेपालले ४ मध्य एक खेलमात्रै जित्दा ३ खेलमा पराजय भएको थियो । पछिल्लो समय नेपाली क्रिकेट टिमको ब्याटिङ असफल रहेको चर्चा भइरहेका बेला समर्थकहरुले पनि प्रशिक्षक फ्लप भएको पनि सामाजिक सञ्जालहरुमा आरोप लगाउँदै अएका छन् ।
यसअघि सन् २०११देखि २०१५ सम्म नेपाली टिमको जिम्मेवारी सम्हालि सकेका पुबुदु गत मंसिरमा दोस्रो पटक नेपाली टिम सम्हाल्न आएका थिए ।