नेपालसंग पराजित भएको स्कटल्याण्डले नामिबिया बिरुद्द निकाल्यो सानदार जित

काठमाडौँ ।

आइसिसी क्रिकेट विश्वकप लिगको चौथो खेलमा स्कटल्याण्डले नामिबियालाई ३ विकेटले पराजित गरेको छ । टस जितेर पहिले खेलेको नामिबियाको टोलीले ७ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो। जवाफमा स्कटल्याण्डले सात बल बाँकी रहँदै ७ विकेटमा २१९ रन बनाएर खेलमा जित हासिल गरेको छ।

स्कटल्याण्डले टस जितेर नामिबियालाई पहिले बलिङ गर्न आह्वान गरेको थियो । यो निर्णय केही हदसम्म सही साबित भयो। नामिबियाका ओपनर ब्याट्सम्यान डेभान ला कक २३ रन बनाएर आउट भए । उनीपछि लरेन्स पनि १३ रन बनाएर अगाडि बढे । क्रेग विलियम्स १ रन बनाएर आउट भए । कप्तान इरास्मसले जिम्मेवारीपूर्वक खेल्दै टोलीका लागि अर्धशतक बनाए । उनी ५६ रन बनाएर आउट भए ।

उनी बाहेक तल्लो क्रमका यान फ्रान्कलिकले पनि उत्तेजक ब्याटिङ प्रदर्शन गर्दै ४८ बलमा अविजित ६० रन बनाएर टोलीको स्कोर ७ विकेटमा २१५ रनमा पुर्याएका थिए । स्कटल्याण्डका हम्जा ताहिर र गेभिनले ३/३ विकेट लिए । जवाफमा खेल्दै स्कटल्याण्डको सुरुवात खराब रह्यो । ओपनर ब्याट्सम्यान कोएट्जर मात्र ३ रन बनाएर अगाडि बढे ।

त्यसपछि म्याथ्यु क्रस र क्यालम म्याक्लियोडले उत्कृष्ट ब्याटिङ गर्दै दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गरे । क्रस २९ रन बनाएर आउट भए । तर, कालुमले खेल जारी राखे र अर्धशतक बनाएर ५९ रन बनाएर प्याभिलियन फर्किए । केही विकेट खसेपछि क्रिस ग्रीभ्सले क्रिजमा उभिएर अर्धशतक बनाएर टोलीलाई साथ दिए । उनलाई सफियान सरिफले समर्थन गरेका थिए ।

यी दुईले मिलेर टिमलाई ७ विकेटमा २१९ रनको जित दिलाए । क्रिसले अविजित ५३ र सरिफले अविजित ४० रन बनाए । नामिबियाका लागि ट्रम्पम्यानले ३ विकेट लिए ।

सम्बाददाता

Leave a Reply

Next Post

इंग्ल्याण्डविरूद्ध भारतको लज्जास्पद हार

Fri Jul 15 , 2022
काठमाडौं। भारतविरुद्धको दोस्रो एकदिवसिय खेलमा इंग्ल्याण्ड एक सय रनले बिजयी भएको छ । जितसँगै इंग्ल्याण्डले सिरिज एक एकको बराबरीमा पुर्याएको छ । लर्डस मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्ड ४९ ओभरमा अलआउट हुँदा दुई सय ४६ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको इंग्ल्याण्डले पहिलो विकेटका लागि ४१ रनको […]

You May Like

error: