फुटवल विकासको लागि एन्फासँग खेलाडी संघले गर्यो यस्तो माग

काठमाडौं।

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको खेलाडी संघले नयाँ नेतृत्वसँग विभिन्न पाँच माग राखेको छ। बिहीबार एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङसहितका पदाधिकारीलाई भेट्दै ध्यानाकर्षण पत्र समेत बुझाएको छ।

‘पछिल्लो समय खेलाडीको राष्ट्रिय योगदानको अवमुल्यन गर्दै भैरहेका गतिविधि र कार्य सन्तोषजनक छैन,’ संघको भनाइ छ, ‘खेलाडीलाई अपमानजनक रुपमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट निकाल्ने मुख्य प्रशिक्षकको पछिल्लो व्यवहारले सिंगो फुटबल खेलाडी जगतलाई मर्माहित बनाएको छ। खेलाडीलाई सम्मानपूर्वक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फिर्ता बोलाउने एन्फाको पछिल्लो निर्णयको खेलाडी संघ स्वागत गर्दै धन्यवाद दिन चाहन्छौं।’

संघले ध्यानाकर्षण पत्रमार्फत अघि सारेका पाँच माग यस्ता छन् :-

१. खेलाडीलाई वर्षभरी व्यस्त राख्ने गरि एन्फाको प्रतियोगिता क्यालेन्डर व्यवस्थित समय तालिका अनुसार सार्वजनिक गर्न अनुरोध छ।

२. फुटबलको वर्तमान संरचनाले खेलाडी र खेलको विकास सम्भव नभएकाले घरेलु फुटबलको संरचनालाई पुर्नसंरचना गर्दै नयाँ खाका तयार गरेर कार्यान्वयन गर्न एन्फा नेतृत्वलाई अनुरोध छ।

३. खेलाडीको स्वास्थ्य बिमा र स्वास्थ्य उपचारका लागि उचित प्रबन्ध गर्नुहुन अनुरोध छ।

४. खेलाडी प्रशिक्षक विवादको सन्दर्भमा एन्फाबाट गठित छानविन समितिले दिएको सुझावका आधारमा प्रशिक्षकको विषयमा कार्य अघि बढाउन अनुरोध गर्दछौं ।

. पछिल्लो समय अवसरको खोजीमा खेलाडीहरु विदेश जाने क्रम बढेको छ, जसलाई खेलाडी संघले गम्भिरतापूर्वक लिएको छ। घरेलु प्रतियोगिता नहुँदा खेलाडीहरु विदेश जाने क्रम बढेका कारण यथाशिघ्र क्लब फुटबलका कार्यक्रमलाई सार्वजनिक गर्न एन्फासँग आग्रह गर्दछौं।

सम्बाददाता

Leave a Reply

Next Post

के विराट कोहलीको टी-२० क्रिकेट करिअर खतरामा परेको हो?

Thu Jul 14 , 2022
काठमाडौं। केही वर्षअघिसम्म भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहली आफ्नै नियम र मुड अनुसार खेल्ने क्रिकेटर थिए। यसको सबैभन्दा ठूलो कारण उनको ब्याटले क्रिकेटका सबै फर्म्याटमा लगातार रन बनाइरहेको थियो।कोहलीको ब्याटिङका कारण सचिन तेन्दुलकरको एकदिवसीय क्रिकेटमा ४९ र टेस्ट क्रिकेटमा ५१ शतकको कीर्तिमान भंग हुने समेत विश्लेषण गरिन्थ्यो। कोहलीको करिअर […]

You May Like

error: