लियोनल मेस्सीको समर्थन लागि ठूलो खुसीको खबर

काठमाडौं ।

फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मन पीएसजीले स्ट्राइकर लियोनल मेस्सीसँगको सम्झौता थप एक वर्ष बढाउने प्रस्ताव गरेको छ ।स्पेनिस मिडिया मार्काको अनुसार मेस्सीलाई क्लबभित्रबाटै थप एक वर्षका लागि सम्झौता थप्ने प्रस्ताव आएको हो । २०२१ को अगस्टमा पीएसजी आएका उनका सम्झौता सन् २०२३ को जुनमा सकिने छ ।

करिअरको उत्तरार्धमा रहेका उनले सम्झौता नवीकरणका बारेमा कतारमा हुने विश्वकप पछि मात्र विचार गर्ने बताएका छन् ।शारीरिक हिसाबले उनी कतिको फिट रहन्छन्, त्यसैमा आधारित रहेर उनले क्लबसँगको सम्झौतामा नवीकरण गर्ने कि नगर्ने भन्ने निर्णय गर्नेछन् । उनले यस वर्ष पीएसजीमा खासै राम्रो प्रदर्शन गरेनन् । चोटका साथै, कोभिड–१९ ले उनको प्रदर्शनमा असर गरेको थियो ।

सिजन सुरु नभए पनि मेस्सी छुट्टी घटाएर प्रशिक्षणमा फर्केका छन् । पीएसजीले यस सिजनको पहिलो खेल जु्लाइ ३१ मा फ्रेन्च सुपर कपमा नेन्टस्सँग खेल्नेछ ।

पीएसजी किन चाहन्छ मेस्सी ?

पीएसजी मेस्सीलाई क्लबमा आवद्ध गर्न चाहनुको कारण भनेको उनको आवद्धताले क्लबलाई भएको फाइदा हो । मेस्सीको आवद्धताले क्लबलाई धेरै आर्थिक लाभ भएको छ । मेस्सीको नामले क्लबको प्रचारमा धेरै सहयोग भइरहेको छ ।

मेस्सीको ख्यातीलाई क्लबको विज्ञापनका लागि पनि प्रयोग गरिरहेको छ । यतिसम्मकी पीएसजीसँग सहकार्य गर्न आउने व्यावसायिक संस्थाहरुले पनि मेस्सीलाई आधार बनाएका छन् । उनको नाम र प्रसिद्धी नै अहिले पीएसजीले उनलाई आवद्ध गर्न चाहनुको मुख्य कारणको रुपमा देखा परेको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि भारतीय टोली घोषणा, विराट टिममा परेनन्

Thu Jul 14 , 2022
काठमाडौं। वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ । १८ सदस्यीय टोलीमा विराट कोहली भने छैनन् । टिममा केएल राहुल र कुलदीप यादवले कमब्याक गरेका छन् । रोहित शर्माले कप्तानी गर्ने टोलीमा विराट कोहली र जस्प्रित बुम्राह टिममा छैनन् । पछिल्लो समय टिममा खराव लयमा रहेका कोहलीलाई बीसीसीआईले […]

You May Like

error: