क्यानाडा र नामिबियासँग पराजित भएको नेपालको यस्तो छ नयाँ वरियता

काठमाडौं।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको वरीयता यथावत रहेको हो ।

एकदिवसीयको नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १९ औं स्थानमा रहेको थियो ।नयाँ वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा रहेको छ ।इंग्ल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ ।पाकिस्तान चौंथो स्थानमा रहदा अष्ट्रेलिया पाँचौं स्थानमा रहेको छ ।

हाल चाल नेपालले खेलेको २ एकदिवसीयको खेलमा नेपाल दुई खेलमा नै पराजित भएको छ।नेपालले क्यानाडा विरूद्ध एकदिवसीय खेलमा ८३ रनको विशाल हार बेहोरेको थियो।भने नामिबियासँग ४० रनले पराजित भएको थियो ।

टी-ट्वान्टी वरीयतामा पनि नेपाल यथावत रहेको छ ।नेपाल १३ औं स्थानमा रहेको छ ।एकदिवसीयमा भारत, इंग्ल्यान्ड,पाकिस्तान, दक्षिण अफ्रीका र अष्ट्रेलिया क्रमशः शीर्ष देखि पाँचौं स्थानमा रहेको छ ।

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज बुधबार दोस्रो खेल खेल्दैछ ।नेपालले सिरिजको दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डको सामना गर्नेछ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

स्कटल्याण्डविरुद्ध नेपालको राम्रो सुरुवात

Wed Jul 13 , 2022
काठमाडौ। आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज बुधबार दोस्रो  खेल खेल्दैछ ।नेपालले सिरिजको दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्ड विरूद्ध टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले बलिङमा राम्रो सुरुवात गरेको छ। यो खबर तयार पार्दासम्म १० ओभरमा २९ रन दिएर तीन विकेट लिएको छ।नेपालका […]

You May Like

error: