काठमाडौं ।
आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्याण्डको न्यु काम्बसडनमा सोमबार भएको खेलमा नेपाललाई नामिबियाले ४० रनले हराएको हो ।
नामिबियाले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८० रनमा समेटियो । नामिबियाले नेपाललाई २२१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नामिबियाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णयसँगै नेपालले फिल्डिंगको निम्तो पाएको थियो ।
नामिबियाले पहिला ब्याटिंग गर्दै ४७.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर २२० रन बनाउन सक्यो। नेपालको लागि कप्तान सन्दिप लामिछानेले सर्भाधिक ४ विकेट लिए, त्यस्तै करण के.सी,बसिर अहमद, दिपेन्द्र सिंह ऐरीले १/१ विकेट र सोमपाल कामीले २ विकेट लिए ।
नेपालका कप्तान सन्दीप लामिछानेले ५४ रन खर्चिएर ४ विकेट लिए । सोमपाल कामीले २ तथा करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । सिरिज अन्तर्गत अब नेपालले दोस्रो खेलमा आयोजक स्कटल्याण्डविरुद्ध बुधबार खेल्नेछ । त्यस्तै नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।
नेपालको प्लेइङग ११ : सन्दिप लामिछाने (कप्तान), देव खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल (उपकप्तान), आरिफ शेख(विकेटकिपर), करण केसी, कुशल भुत्र्तेल, बसिर अहम्मद, सोमपाल कामी, र आदिल आलम अन्सारी रहेका छन् ।