नामिबियाविरुद्ध सन्दीपको सानदार प्रदर्शन, लिए लगातर दोश्रो विकेट

काठमाडौँ।

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज सोमबार पहिलो खेल खेल्दैछ ।नेपालले सिरिजको पहिलो खेलमा नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३:४५ बजे सुरु भएको हो।

नामिबियाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णयसँगै नेपालले फिल्डिंगको निम्तो पाएको हो । नेपालले बलिङ्गमा मध्यम सुरुवात गरेको छ । छैटौं ओभरको तेश्रो बलमा नेपालको लागि करण केसीले पहिलो विकेट लिएका हुन् ।नामिबियाका Lo-handre Louwrens ले २३ बलमा १८ रन बनाएर कारणको बलबाट आउट भए। त्यस्तै कप्तान सन्दिप लामिछानेले आफ्नो पहिलो ओभरमै विकेट लिन सफल भएका छन् ।

सन्दिपले १०.४ औ ओभरमा दिवान ला कक को विकेट लिए र १४.१ औ ओभरमा जेन ग्रीनको विकेट लिएर टिमलाइ लगातार २ सफलता दिलाएका छन्  । अहिले नामिबियाले  १४.२ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाएको छ।

नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने हुनेछैन ।नामिबिया पनि नेपाललाई हराएर सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । सिरिजको पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो ।

सिरिज अघि नेपालले तयारीका लागि क्यानडाको भ्रमण गरेको थियो । क्यानडामा नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्दा स्थानीय टोलीसँग दुई अभ्यास खेल खेलेको थियो ।लिग टू को अंक तालिकामा नेपाल १६ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । नामिबिया १५ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।

नेपालको प्लेइङग ११ : सन्दिप लामिछाने (कप्तान), देव खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल (उपकप्तान), आरिफ शेख(विकेटकिपर), करण केसी, कुशल भुत्र्तेल, बसिर अहम्मद, सोमपाल कामी, र आदिल आलम अन्सारी रहेका छन् । 

सम्बाददाता

Leave a Reply

Next Post

नामिबियाले नेपाललाई दियो प्रतिस्पर्धात्मक लक्ष्य, सन्दीपको सानदार प्रदर्शन

Mon Jul 11 , 2022
काठमाडौँ। आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज सोमबार पहिलो खेल खेल्दैछ ।नेपालले सिरिजको पहिलो खेलमा नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३:४५ बजे सुरु भएको हो। नामिबियाले नेपाललाई २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  नामिबियाले टस […]

You May Like

error: