नेपालसंग खेल्नुअघि नामिबियालाई लाग्यो ठुलो झड्का, बेहोर्यो लज्जास्पद हार

काठमाडौँ

नेपालसंग भिड्नु अघि नामिबियाले स्कटल्याण्ड बिरुद्द लज्जास्पद हार बेहोरेको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा स्कटल्याण्ड र नामिबिया बीच आइतबार भएको खेलमा स्कटल्याण्डले नामिबियाबिरुद्द भारी रनान्तरले जित हात पारेको छ । पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै २५८ रन बनाएको थियो ।

२५९ रनको टार्गेट पाएको नामिबियाको टोलीले ४३ ओभरमा अलआउट हुदै जम्मा १८१ रन मात्र बनाउन सफल भयो । यसका साथै स्कटल्याण्डले नामिबियाबिरुद्द ७७ रनले जित हासिल गरेको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को अंकतालिकामा स्कटल्याण्ड दोश्रो र नामिबिया छैटौं स्थानमा रहेको छ । भने नेपाल नामिबिया भन्दा एक स्थान माथि पाचौ स्थानमा रहेको छ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा आज नेपाल नामिबिया संग भिड्दै छ ।  नेपाल र नामिवियाबीचको खेल न्यू काम्बुसडुन ग्राउन्डमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । नामिवियाविरुद्ध खेल्दा नेपालले लिग-२ अन्तर्गतको १७ औँ खेल खेल्ने छ भने नामिवियाको १६ औँ खेल हुनेछ ।

सिरिज अन्तर्गत नेपालले दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिवियाविरुद्ध जुलाई १६ तथा अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ । सात टिमको सहभागिता रहेको लिगमा १६ खेलबाट १५ अंक जोडेको नेपाल पाँचौं स्थानमा रहेको छ भने स्कटल्यान्ड २१ खेलबाट ३० अंकसहित दोस्रो स्थानमा छ ।

नामिविया भने १५ खेलबाट १३ अंकसहित छैटौं स्थानमा छ । सम्पूर्ण ३६ खेल खेलेको ओमान ४४ अंकसहित शीर्ष स्थानमा रहँदा युएई २२ खेलबाट २६ अंक जोड्दै तेस्रो स्थानमा छ । यता २४ खेलमा २३ अंक रहेको अमेरिका चौथों तथा २० खेलबाट २ अंक मात्र जोडेको पपुवा न्यूगिनी सातौं स्थानमा छ ।

स्कटल्यान्ड भ्रमण (विश्वकप लिग-२)मा नेपालको खेल तालिका: असार २७ (जुलाई ११) : नामिवियाविरुद्ध नेपाल,  असार २९ (जुलाई १३) : स्कटल्यान्डविरुद्ध नेपाल, असार ३२ (जुलाई १६) : नेपालविरुद्ध नामिबिया ,साउन १ (जुलाई १७) : नेपालविरुद्ध स्कटल्यान्ड

नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपालले आज नामिबियासँग खेल्दै,यस्तो छ लाईभ हेर्ने सरल तरिका

Mon Jul 11 , 2022
काठमाडौं। आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज सोमबार पहिलो खेल खेल्दैछ ।नेपालले सिरिजको पहिलो खेलमा नामिबियाको सामना गर्नेछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३:१५ बजे सुरु हुनेछ ।आजको खेल Fancode बाट लाईभ दिने छ। नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा […]

You May Like

error: