सूर्यकुमार यादवको शानदार शतकका बाबजुद इंग्ल्यान्ड बिरूद्द भारत पराजित

काठमाडौँ ।

तेस्रो टी–२० खेलमा इंग्ल्याण्डले भारतीय टोलीलाई १७ रनले पराजित गरेको छ । पहिले खेलेको इंग्ल्यान्डले ७ विकेट गुमाएर २१५ रन बनाएको थियो । जवाफमा भारतीय टोलीले ९ विकेट गुमाएर १९८ रन बनाउन सक्यो । तर, भारतले सिरिज २–१ ले आफ्नो हात पारेको छ । भारतका लागि यो खेलमा सूर्यकुमार यादवले शतक बनाए ।

टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्डले तीव्र गतिमा ब्याटिङ गरे पनि जोस बटलर ९ बलमा १८ रन बनाएर आउट भए । यहाँबाट डेभिड मलानले तुफानी ब्याटिङ देखाए । तर, अर्को छेउमा उभिएका जेसन रोयको ब्याट सुस्त थियो र उनी २६ बलमा २७ रन बनाएर आउट भए । मलानले तुफानी ब्याटिङ जारी राखे । यसैबीच फिलिप साल्टले ८ रन बनाएर आउट भए ।

यहाँबाट लिभिङस्टोन र मलानले इनिङ्सलाई अगाडि बढाए । मलान ३९ बलमा ७७ रन बनाएर आउट भए । मोइन अलीले खाता नखोलेर आउट भए तर ब्रुकले ९ बलमा १९ रन र क्रिस जोर्डनले ३ बलमा ११ रन बनाए । लिभिङस्टोनले २९ बलमा ४२ रन बनाएर अविजित रहँदा इंग्ल्याण्डको स्कोर ७ विकेटमा २१५ रन पुगेको थियो । भारतका लागि रवि बिश्नोई र हर्षल पटेलले २–२ विकेट लिए ।

उमरान मलिकले इंग्ल्याण्ड लाई ४ ओभरमा ५६ रन दिए । जवाफमा खेल्दै भारतको सुरुवात खराब रह्यो । ऋषभ पन्त १ रन बनाएर आउट भए । त्यसपछि विराट कोहली ११ र रोहित शर्मा ११ रन बनाएर आउट भए । ३१ रनमा ३ विकेट गुमाएपछि भारतीय टोली समस्यामा परेको थियो ।

यस समयमा सूर्यकुमार यादव र श्रेयस अय्यरले उत्कृष्ट ब्याटिङ गरेका थिए । दुवैले चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै जितको आशा जगाए । यसैबीच अय्यर २३ बलमा २८ रन बनाएर आउट भए । यहाँबाट टोलीको अवस्था बिग्रियो । कार्तिकले ६ र जडेजाले ७ रन बनाए ।

यद्यपि सूर्यकुमार यादवले एक्लैले धेरै मिहिनेत गरे र शतक बनाए । उनी १९ औं ओभरमा ५५ बलमा ११७ रन बनाएर आउट भए । अन्ततः भारतीय टोलीले २० ओभरमा ९ विकेट गुमाएर १९८ रन बनाउन सफल भयो । इंग्ल्याण्डका रिस टोपलीले ३ विकेट लिए । डेभिड विली र जोर्डनले २–२ विकेट लिए ।

सम्बाददाता

Leave a Reply

Next Post

अन्तिम ओभरमा ३ चौका र २ छक्का प्रहार गर्दै न्युजिल्यान्डले निकाल्यो मुस्किल जित

Sun Jul 10 , 2022
काठमाडौँ । आयरल्याण्ड भ्रमणमा गएको न्युजिल्यान्डको टोलीले पहिलो एकदिवसीय खेल अन्तिम ओभरमा १ विकेटले जितेको  छ। पहिले खेल्दै आयरल्याण्डले ९ विकेट गुमाएर ३ सय रन बनाएको थियो । जवाफमा खेल्दै न्युजिल्यान्डको टोलीले एक बल बाँकी रहँदा ९ विकेटको क्षतिमा ३०५ रन बनाएर खेलमा जित हासिल गरेको छ । न्युजिल्याण्डले टस […]

You May Like

error: