दुई खेलमा भए १८७ गोल, खेलमा म्याच फिक्सिंग भएको आशंका

काठमाडौं।

विश्व खेलकुद कै लोकप्रिय मध्ये एक फुटबल खेलमा कुनै पनि खेलको नतिजाले धेरै अर्थ राख्ने गर्छ । चाहे त्यो कुनै टिमको जित होस वा अर्को टिमको हार । एउटै खेलमा फराकिलो अन्तरको हारलाई पनि आधुनिक फुटबलमा स्वभाविक नै मानिन्छ । एक खेलमा एउटा टोलीले विपक्षी विरुद्ध कति गोल गर्न सक्ला त ?

कुनै एक टोलीले विपक्षी विरुद्ध ९५ गोल गरे, त्यसलाई कुन अर्थमा लिनुहुन्छ ? एउटा फुटबल खेलाडी, समर्थक, विश्लेषक वा फुटबलसँग सरोकार राख्ने जो कसैलाई पनि त्यो नतिजा अस्वभाविक लाग्न सक्छ । त्यहि अस्वभाविक नतिजा अफ्रिकी राष्ट्र सिएरा लियोनको दोस्रो डिभिजनको फुटबल म्याचमा सम्भव भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको रिपोर्टअनुसार त्यो दोस्रो डिभिजनको फुटबल म्याचतर्फ दुई खेलमा पत्याउनै गाह्रो हुने गरी कुल १८७ गोल भएका छन् । रिपोर्टअनुसार एउटा खेल ९५–० र अर्को खेल ९१–१ को नतिजामा सकिएको छ । जसअन्तरगत काहुन्ला रैन्जर्सले लुम्बेबु युनाइटेडलाई ९५–० ले हराएको छ भने अर्को खेलमा गल्फ एफसीले कोकिमा लेबनानलाई ९१–१ को अस्वभाविक नतिजाले हराएको हो ।

रोचक कुरा, यी दुवै म्याचको पहिलो हाफको नतिजा क्रमशः २–० र ७–१ थियो । तर दोस्रो हाफमा एक्कासी नतिजा अस्वभाविक निस्किएपछि त्यसले चौतर्फी चर्चा चुलिएको हो । नतिजा नै अस्भाविक निस्किएपछि धेरैले यो खेलहरुमा मिलेमतो भएको आशंका गर्न थालेका छन् ।

त्यसैकारण अहिले सिएरा लियोन फुटबल एसोसिएशनले सो खेलमा मिलेमतो भएको हो कि के हो? भनेर जानकारी लिन आवश्यक छानविन गर्ने तयारी शुरु गरिसकेको छ । साथै सो खेलहरुमा कुनै पनि किसिमको गलत कार्य भएको देखिए दोषीलाई कारवाही गरिने पनि एफएले उद्घोष गरेको कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सङ्गठनका अध्यक्ष थोमस डैडी ब्रिमाले बीबीसी स्पोर्ट अफ्रिकालाई भनेका छन्: “हामीले यस्तो लाजमर्दो अवस्थालाई दण्डित नगरि हेरेर बस्न सक्दैनौ । “हामी तुरुन्त अनुसन्धान सुरु गर्न जाँदैछौं र यस मध्यस्थताका लागि जिम्मेवार सबैलाई कारबाही गर्नेछौं। “दोषी पाइएका सबैलाई SLFA कानून अनुसार कारबाही गरिनेछ, र देशको भ्रष्टाचार विरोधी आयोगलाई पनि सुम्पिनेछ।”खेल दैनिक बाट साभार ।

सम्बाददाता

Leave a Reply

Next Post

लगातार ७ वटा कप्तान परिवर्तन बारे यस्तो भन्छन अध्यक्ष सौरभ गांगुली

Sat Jul 9 , 2022
काठमाडौँ  । बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले किन आजकल भारतीय टोलीका धेरै कप्तान बनाइने गरेको छ, त्यसबारे बताएका छन् । गांगुलीका अनुसार यसमा कसैको दोष छैन । परिस्थिति यस्तो बन्यो कि फरक–फरक शृङ्खलामा फरक–फरक खेलाडीले कप्तानी गरे । भारतीय टोलीको कुरा गर्ने हो भने पछिल्ला केही महिनादेखि हरेक शृङ्खलाका लागि नयाँ […]

You May Like

error: