काठमाडौँ ।
इशान किशनले पछिल्ला केही समयमा क्रिकेटमा आफ्नो फरक स्थान बनाएका छन् । उनी टीम इन्डियाका लागि सबैभन्दा ठूलो म्याच विनरका रूपमा उभिएका छन्। इशान किशन आफ्नो विस्फोटक ब्याटिङका लागि चर्चित छन् । उनमा त्यो कला छ कि उनले केहि बलमा खेलको दिशा बदल्न सक्छन ।
किशनका कारण खेलाडीलाई टीम इन्डियामा स्थान पाउन मुस्किल भएको छ । किशनका कारण यी खेलाडी प्लेइङ इलेभेनबाट बाहिर बस्नुपरेको छ । इशान किशनका कारण ऋतुराज गायकवाडलाई टिममा मौका पाउन मुस्किल भएको छ । इंग्ल्याण्डविरुद्धको पहिलो खेलमा उनले मौका पाएनन् ।
ईशान किशनले ओपनरको रुपमा आफ्नो स्थान पक्का गरेका छन् । यस्तो अवस्थामा गायकवाडको टोलीमा कुनै ठाउँ छैन । आयरल्याण्ड विरुद्धको शृङ्खलामा पनि ऋतुराज मिडल अर्डरमा ब्याटिङ गर्न आएका थिए तर उनले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । उनी निकै खराब चरणबाट गुज्रिरहेका छन् । अहिले उनी २५ वर्षको उमेरमा प्लेइङ इलेभेनबाट बाहिर छन् ।
ऋतुराज गायकवाड निकै खराब लयमा छन् । उनको ब्याटबाट रन जुटाउन गाह्रो भएको छ । उनी टीम इन्डियाका लागि अहिले ठूलो बोझ बनेका छन् । उनले दक्षिण अफ्रिकाविरुद्ध एक मात्र अर्धशतक प्रहार गर्न सकेका छन् । ऋतुराज गायकवाडले भारतका लागि ९ टी–२० खेलमा १३५ रन बनाएका छन् । योसँगै ऋतुराज आईपीएल २०२२ मा पनि फ्लप साबित भएका थिए ।
टी–२० विश्वकपमा केएल राहुल र रोहित शर्मा भारतीय टोलीको ओपनिङमा देखिनेछन् । साथै इशान किशनलाई ब्याकअप ओपनरको रुपमा लिइनेछ । जब इशान किशन आफ्नो लयमा हुन्छन्, उनले कुनै पनि बलिङ आक्रमणलाई रोक्न सक्छन। इशान किशनलाई आईपीएल मेगा अक्सनमा मुम्बई इन्डियन्सले १६ करोड भारुमा किनेको थियो ।
इशान किशन निकै राम्रो लयमा दौडिरहेका छन्, तर इंग्ल्याण्डविरुद्धको पहिलो खेलमा उनले उत्कृष्ट खेल देखाउन सकेनन् । इशान किशनको विकेटकिपिङको कला पनि अचम्मको छ। अहिले इशान किशन मात्र २३ वर्षका छन् र उनीसँग अथाह प्रतिभा छ, जुन टीम इन्डियाका लागि उपयोगी हुन सक्छ।