काठमाडौं।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार हिजो नेपाली टोली आज स्कटल्याण्ड गएको छ।लिग टूको यसै सिरिजको तयारीमा नेपाली टोली हाल क्यानडामा रहेको छ । क्यानडामा रहँदा नेपालले स्थानीय क्लबसँग शतप्रतिशत जित निकालेको थियो ।
क्यानडाको सिनियर टोलीसँग भने दुई खेलको एकदिवसीय सिरिज भएको थियो । उक्त सिरिजमा भने नेपाल १-० ले पराजित भएको थियो ।सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।दोस्रो खेलमा भने नेपालले लजास्पद हार व्यहोरेको थियो ।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत आगामी साता स्कटल्याण्ड र नामिबियासंग नेपालले खेल्ने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा श्रीलंकन पूर्व राष्ट्रिय क्रिकेटर धम्मिका प्रशादले बलिंग प्रशिक्षकको भूमिका निभाउने भएका छन्।
लिग-२ अन्तर्गत सिरिजमा नेपालले ११ जुलाईमा नामिबियासंग पहिलो खेल खेल्नेछ। क्यानडामा रहेको नेपाली टिम सिरिजको लागि आज स्कटल्याण्ड पुगीसकेको छ। धम्मिका पनि आज श्रीलंकाबाट स्कटल्याण्ड प्रस्थान गरिसकेका छन्।
क्यानले धम्मिकालाई अमेरिका भ्रमणमा पनि बलिंग प्रशिक्षक नियुक्त गरेको थियो तर भिसा नपाएपछि उनि अमेरिका जान पाएका थिएनन्। क्यानका क्रिकेट म्यानेजर समेत रहेका बिनोद दास अमेरिका र क्यानडामा सहायक प्रशिक्षकको भूमिकामा समेत थिए।
धम्मिकाले यस अघि टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगितामा पनि नेपालको बलिंग प्रशिक्षकको भूमिका निभाएका थिए। पुनः क्यानले एउटा प्रतियोगिताको लागि मात्रै उनलाई बोलाएको हो। गत वर्ष एभरेस्ट प्रिमियर लिगमा भैरहवा ग्ल्याडीएटर्सको प्रतिनिधित्व गरेपछि धम्मिका नेपाली क्रिकेट संग नजिक रहँदै आएका छन्।
३९ वर्षीय प्रसादले श्रीलंकाको लागि २५ टेस्ट, २४ एकदिवसीय र एउटा टि-२० खेलेका थिए जुन क्रममा टेस्टमा ७५ र एकदिवसीयमा ३२ विकेट लिएका थिए। २०१५ पछि श्रीलंकन टिमबाट नखेलेता पनि उनि घरेलु क्रिकेट भने खेल्दै आएका छन्। उनले २०२१ फेब्रुअरीमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्या घोषणा गरेका थिए।