काठमाडौँ ।
क्रिकेट फ्यानहरू सधैं भारत र पाकिस्तानबीचको खेलको उत्सुकताका साथ पर्खिरहेका हुन्छन। यस्तो अवस्थामा उनीहरुका लागि खुसीको खबर आएको छ । यी दुई भारत र पाकिस्तान टिम छिट्टै भिड्दैछन् । यो खेल एसिया कपमा हुनेछ । यसपटक एसिया कप श्रीलंकाले आयोजना गर्दैछ । यो प्रतियोगिता टी–२० ढाँचामा खेलाइनेछ ।
एसिया कप २०२२ को सिजन अगस्ट २७ बाट सुरु हुँदैछ । तर, प्रतियोगिताको पूर्ण तालिका भने सार्वजनिक भएको छैन । यसैबीच, रिपोर्टहरू विश्वास गर्ने हो भने, एशिया कप सुरु भएको भोलिपल्ट अगस्ट २८ मा भारत र पाकिस्तानबीचको खेल हेर्न सकिनछ। अगस्ट २८ गते आइतबार हो। एशियन क्रिकेट काउन्सिल लगायतका प्रसारकहरूले खेलमा अधिकतम टीआरपी चाहन्छन्।
यही कारणले गर्दा यो खेलका लागि यो विशेष दिन छनोट गर्न सक्छन। एशिया कपका लागि टीम इन्डिया, आयोजक श्रीलंका, अफगानिस्तान, पाकिस्तान र बंगलादेशले पहिले नै आफ्नो स्थान पक्का गरिसकेका छन् । यसबाहेक छनोट चरणमा युएई, नेपाल, ओमान, हङकङ र अन्य टोलीबीच खेल हुनेछ । यो बेला टिम इन्डिया डिफेन्डिङ च्याम्पियन बनेको छ ।
इन्डियाले पछिल्लो खेलमा बंगलादेशलाई फाइनलमा पराजित गरेको थियो । भारतले पाकिस्तान र श्रीलंकासँग खेल्ने ग्रिन सिग्नल दिएको छ । यही कारण अहिले श्रीलंकाले प्रतियोगिताको तयारी सुरु गरेको छ । छनोट चरण अगस्ट २१ गतेबाट खेलाइनेछ । जबकि प्रतियोगिताका खेलहरु अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुनेछ ।
भारतको कप्तानी रोहित शर्माले गर्नेछन् भने पाकिस्तानको कप्तानी बाबर आजमले गर्नेछन् । पछिल्लो पटक सन् २०२१ को टी–२० विश्वकपमा दुवै टोलीले एकअर्कासँग खेल्दा पाकिस्तान १० विकेटले विजयी भएको थियो ।
पछिल्लो पटक एसिया कपमा भारतले फाइनलमा बंगलादेशलाई हराउँदै सातौं पटक उपाधि जितेको थियो । टीम इन्डिया यसअघि सन् १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६ मा एसिया कपमा च्याम्पियन बनेको थियो । एसिया कपको इतिहासमा सबैभन्दा धेरै पटक यो उपाधि जित्ने एक मात्र टोली भारत हो। त्यसपछी श्रीलंका टिमले ५ पटक र पाकिस्तान टिमले २ पटक यो उपाधि जितेको छ ।