काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सहकर्मीबाट सहयोग नपाइरहेको चर्चापछि कप्तान सन्दीप लामिछानेले अर्को स्टाटस लेखेका छन् ।बिहीबार बिहान उनले फेसबुकमा लेखेका छन्, ‘कठिन अनुभव नै हुन्, जसले सबैभन्दा बढी सिकाउँछन् ।’
क्यानडासँगको एकदिवसीय खेलमा पराजित भएपछि सन्दीपले निराशाजनक समयको आशय झल्कने गरी स्टाटस लेखेका हुन् । क्यानडासँग १८९ रनको लक्ष्य पाएको नेपाल १०५ रनमा सीमित भएको थियो। नेपालले स्कटल्यान्डमा विश्वकप लिग(२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ।
ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीपलाई कप्तान नियुक्त गरेपछि नेपाली राष्ट्रिय टोलीभित्रको माहोल बिग्रिएको चर्चा सुनिने गरेको छ। खेलाडीहरुले भने त्यसलाई नकार्ने गरेका छन् । पछिल्लो समय ज्ञानेन्द्र टीममा समेत पर्न छाडेका छन् ।
गत साता सन्दीपले शून्य समर्थन रहे पनि आफू एक्लै लड्ने आशयसहितको स्टाटस लेखेका थिए। सन्दीपले मंगलबार लंकन प्रिमियर लिग र बुधबार क्यारेबियन प्रिमियर लिगको यो सिजन खेल्ने निश्चित भएको थियो ।