काठमाडौं ।
नेपालको शीर्ष डिभिजन क्लब न्युरोड क्लब (एनआरटी)ले आज थाइ क्लब कासेम बुन्डित युनिभर्सिटी एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।थाइल्यान्ड भ्रमण रहेको एनआरटीले पहिलो मैत्रीपूर्ण अन्तर्गत आज दिउँसो कासेमसँग खेल्न लागेको हो ।
खेल नेपाली समय अनुसार २ः४५ बजे सुरु हुनेछ । प्रि–सिजनको तयारीका लागि थाइल्याण्ड पुगेको एनआरटीले थप दुई क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने योजना छ ।
यसअघि एनआरटीले मलेसियामा टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेलेको थियो । प्रतियोगिताको दुवै खेलमा एनआरटीले हार बेहोरेको थियो ।
यो पनि पढ्नुहोस : किरनको उत्कृष्ट बचाऊमा टिमको अर्को सानदार जित
नेपाली गोलकिपर किरण चेम्जोङले खेल्ने टिम मजिया स्पोर्ट्स एन्ड रिक्रिएसनले धिवेही प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।माजियाले क्लब भ्यालेन्सियालाई १–० ले पराजित गरेको हो।आजको जितसँग चार खेलमा १२ अंक जोडेको छ ।
पहिलो हाफमा कर्नेलियस स्टेवार्टले गरेको गोलले माजियालाई तीनै अंक दिलायो ।नेपाली फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ आज प्रारम्भिक ११ मा रहेका थिए। क्लब ग्रीन स्ट्रीट्स विरुद्धको अन्तिम लिग मुठभेडमा उनी बेन्चमा थिए।उक्त खेलमा
नेपाली गोलकिपर किरण चेम्जोङले खेल्ने टिम मजिया स्पोर्ट्स एन्ड रिक्रिएसनले धिवेही प्रिमियर लिगको नयाँ सिजनमा म्याजियाले क्लब ग्रीन स्ट्रिटलाई २–० ले पराजित गरेको थियो।दुवै हाफको अन्त्यमा हमजा मोहम्मद र ताना डोमिङ्गेजले गोल गर्दै माजियालाई तीनै अंक दिलाएका थिए।
आफ्नो पहिलो खेलमा टिसी स्पोर्टसमाथि ४–० को जित निकाल्दै लिगको शुरुवात गरेको माजियाले आइतबार राती सुपर युनाइटेड स्पोर्टसलाई ३–२ ले हरायो ।माजियाको जितमा ताना डोमिंगेज, नैज हसन र नेमान्जा कार्टलले गोल गरेका थिए।