टी–२० सिरिजमा चकित पार्दै भुटान, निकाल्यो लगातार दोश्रो टि-२० जित

काठमाडौँ ।

मलेसिया क्वाड्रागुलर टि-२० सिरिजमा, जुलाई ६ मा दुई खेल खेलिएको थियो। आयोजक मलेसियाले माल्दिभ्सलाई ८ विकेटले पराजित गर्यो भने, भुटानले थाइल्याण्डलाई ६ विकेटले हराउँदै लगातार आफ्नो  दोस्रो टि-२० जित दर्ता गरेको हो । आजका दुवै खेल वर्षाले प्रभावित भएका थिए ।

वर्षाका कारण पहिलो खेल ११ ओभरको थियो, जसमा थाइल्याण्डले पहिले खेल्दै ४९/८ रन मात्र बनाएको थियो। जवाफमा भुटानले ९.४ ओभरमा चार विकेट गुमाएर जित हात पारेको थियो । भुटानका नग्वाङ थिन्ले १३ रनमा ४ विकेट लिएर म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेल वर्षाका कारण १० ओभर मात्र भएको थियो । पहिले खेलेको माल्दिभ्सले ५७/८ रनको सामान्य स्कोर बनाएको थियो जसको जवाफमा मलेसियाले ४.२ ओभरमा मात्र दुई विकेट गुमाएर एकतर्फी जित हात पारेको थियो ।

मात्र ५ रनमा ३ विकेट लिएका र १० बलमा २५ रन बनाएका वीरनदीप सिंह म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा जुलाई ७ मा मलेसियाले थाइल्याण्ड र माल्दिभ्सले भुटानसँग खेल्नेछ । फाइनल खेल अंक तालिकाको शीर्ष दुई टोलीबीच जुलाई ११ मा हुनेछ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने,यस्तो छ लाईभ हेर्ने सरल तरिका

Wed Jul 6 , 2022
काठमाडौ। क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधबार घरेलु टोली क्यानाडा विरूद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ।दोस्रो एकदिवसीय अन्तर्गत नेपालले बुधबार क्यानडाको सामना गर्न लागेको हो । किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । नेपाल दुई खेलको एकदिवसीय सिरिजका […]

You May Like

error: