नेपाल र क्यानडा बीचको पहिलो एकदिवसीय खेल टस समेत हुन नपाई रद्द

काठमाडौं ।

नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय रद्द भएको छ । किङ सिटी स्टेडियममा तय भएको खेल वर्षाको कारण रद्द भएको हो । वर्षाको कारण खेल टस समेत नभई रद्द भएको हो । दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले भोलि बुधबार दोस्रो एकदिवसीय खेल खेल्नेछ ।

विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो। क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् । नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

यस अघि दुई टोलीबीचको खेल जुलाई ४ र ५ मा हुने तालिका रहेको थियो । नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी-ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएकोछ।नेपालले आइतबार राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेलेको छ । दोश्रो अभ्यास खेलमा नेपालले ५५ रनको विशाल जित हासिल गरेको हो ।

नेपालले दिएको २१० रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियोले २० ओभरमा सबै विकेट गुमाएर मात्र १५४ रन बनाएको हो। यस अघि नेपालले शुक्रबार राति ओन्टारियोविरुद्ध एकदिवसीय फर्म्याटमा पहिलो अभ्यास खेल खेलेको थियो । पहिलो अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो।

क्यानडाको भ्रमणपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ। नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ :सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल (उपकप्तान), कुशल भर्तेल,दीपेन्द्रसिंह ऐरी, आसिफ शेख,  आरिफ शेख, देव खनाल, विनोद भण्डारी (विकेटकिपर), आदिल अन्सारी, करण केसी, सोमपाल कामी

स्कटल्यान्ड भ्रमण (विश्वकप लिग-२)मा नेपालको खेल तालिका: असार २७ (जुलाई ११) : नामिवियाविरुद्ध नेपाल,  असार २९ (जुलाई १३) : स्कटल्यान्डविरुद्ध नेपाल, असार ३२ (जुलाई १६) : नेपालविरुद्ध नामिबिया ,साउन १ (जुलाई १७) : नेपालविरुद्ध स्कटल्यान्ड

नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी ।

सम्बाददाता

Leave a Reply

Next Post

अन्तर्राष्ट्रिय लिगमा फर्किदै सन्दीप लामिछाने, अर्को ठुलो लिगमा भए अनुबन्धित

Wed Jul 6 , 2022
काठमाडौ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग २०२२ मा जमैका तालावाहबाट खेल्ने भएका छन् ।सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका छन्। यस अघि हिजो मात्र उनी लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।उनलाई एलपीएलको ड्राफ्टमा मंगलबार डम्बुलाले सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध […]

You May Like

error: