नेपाल र क्यानाडा बिचको खेल ढिला सुरु हुने!

काठमाडौ।

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोली क्यानाडा विरूद्ध खेल्दै छ।किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुने भनेको खेल वर्षाका कारण केहि ढिला हुने भएको छ। क्यानडा मा रहेको नेपाली क्यानेडियन क्रिकेट क्लबका अनुसार सानो पनि परेको छ र मौसम विज्ञको अनुसार पनि २०/२५ मिनेटमा रोकिनेछ, खेल पहिला तोकिएको समय भन्दा १ घण्टा ढिला हुने देखिएको छ।

अहिले को अनुमान अनुसार खेल ०९:४५-१०:०० सम्ममा सुरु हुनेछ ।  पहिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपालले मंगलबार क्यानडाको सामना गर्न लागेको हो ।  दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ ।

क्यानडा पनि नेपाललाई हराएर घरेलु सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ ।नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय बुधबार हुनेछ ।नेपाल र क्यानाडाको बीचको सिरिजको लाईभ हुने भएको छ। क्यानडासँगको एकदिवसीय क्यानडा युट्युब च्यानल Cricket Canada बाट हुने छ।

यस अघि दुई टोलीबीचको खेल जुलाई ४ र ५ मा हुने तालिका रहेको थियो । नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी-ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएकोछ।नेपालले आइतबार राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेलेको छ । दोश्रो अभ्यास खेलमा नेपालले ५५ रनको विशाल जित हासिल गरेको हो ।

नेपालले दिएको २१० रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियोले २० ओभरमा सबै विकेट गुमाएर मात्र १५४ रन बनाएको हो। यस अघि नेपालले शुक्रबार राति ओन्टारियोविरुद्ध एकदिवसीय फर्म्याटमा पहिलो अभ्यास खेल खेलेको थियो । पहिलो अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो।

क्यानडाको भ्रमणपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ। नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ :सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल (उपकप्तान), कुशल भर्तेल,दीपेन्द्रसिंह ऐरी, आसिफ शेख,  आरिफ शेख, देव खनाल, विनोद भण्डारी (विकेटकिपर), आदिल अन्सारी, करण केसी, सोमपाल कामी

स्कटल्यान्ड भ्रमण (विश्वकप लिग-२)मा नेपालको खेल तालिका: असार २७ (जुलाई ११) : नामिवियाविरुद्ध नेपाल,  असार २९ (जुलाई १३) : स्कटल्यान्डविरुद्ध नेपाल, असार ३२ (जुलाई १६) : नेपालविरुद्ध नामिबिया ,साउन १ (जुलाई १७) : नेपालविरुद्ध स्कटल्यान्ड

नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपाल र क्यानडा बीचको पहिलो एकदिवसीय खेल टस समेत हुन नपाई रद्द

Tue Jul 5 , 2022
काठमाडौं । नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय रद्द भएको छ । किङ सिटी स्टेडियममा तय भएको खेल वर्षाको कारण रद्द भएको हो । वर्षाको कारण खेल टस समेत नभई रद्द भएको हो । दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले भोलि बुधबार दोस्रो एकदिवसीय खेल खेल्नेछ […]

You May Like

error: