काठमाडौ।
क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधबार घरेलु टोली क्यानाडा विरूद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ।दोस्रो एकदिवसीय अन्तर्गत नेपालले बुधबार क्यानडाको सामना गर्न लागेको हो । किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
नेपाल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको हो । पहिलो एकदिवसीय भने निरन्तरको वर्षाका कारण रद्द भएको थियो ।नेपाल र क्यानाडाको बीचको खेलको लाईभ हुने छ। क्यानडासँगको एकदिवसीय क्यानडा युट्युब च्यानल Cricket Canada बाट हुने छ।
नेपाल आज क्यानडालाई हराएर सिरिजमा सुखद अन्त्यको योजनामा हुनेछ । नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी-ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएकोछ।नेपालले आइतबार राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेलेको छ । दोश्रो अभ्यास खेलमा नेपालले ५५ रनको विशाल जित हासिल गरेको हो ।
नेपालले दिएको २१० रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियोले २० ओभरमा सबै विकेट गुमाएर मात्र १५४ रन बनाएको हो। यस अघि नेपालले शुक्रबार राति ओन्टारियोविरुद्ध एकदिवसीय फर्म्याटमा पहिलो अभ्यास खेल खेलेको थियो । पहिलो अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो।
क्यानडाको भ्रमणपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ। नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।
क्यानडाविरुद्ध नेपालको प्लेइङ–११ :सन्दीप लामिछाने (कप्तान), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), करण केसी, कुशल भुर्तेल, बसिर अहमद, पवन सरार्फ र आदिल अन्सारी
स्कटल्यान्ड भ्रमण (विश्वकप लिग-२)मा नेपालको खेल तालिका: असार २७ (जुलाई ११) : नामिवियाविरुद्ध नेपाल, असार २९ (जुलाई १३) : स्कटल्यान्डविरुद्ध नेपाल, असार ३२ (जुलाई १६) : नेपालविरुद्ध नामिबिया ,साउन १ (जुलाई १७) : नेपालविरुद्ध स्कटल्यान्ड
नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी ।