काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडाबीचको एकदिवसीय सिरिज एकदिन पछि सरेको छ । नेपाल र क्यानडाबीचको दुई खेलको एकदिवसीय सिरिज एकदिन पछि सरेको हो । अब नेपाल र क्यानडाबीचको खेल जुलाई ५ र ६ (असार २१ र २२) मा मा किंग सिटीमा हुनेछ । नेपालसँग एकदिवसीय मान्यता छ, तर क्यानडासँग एकदिवसीय मान्यता नभएकाले शृंखला अनौपचारिक छ।
यस अघि दुई टोलीबीचको खेल जुलाई ४ र ५ मा हुने तालिका रहेको थियो । नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी-ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले हिजो आइतबार राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेलेको छ ।
यस अघि नेपालले शुक्रबार राति ओन्टारियोविरुद्ध एकदिवसीय फर्म्याटमा पहिलो अभ्यास खेल खेलेको थियो । पहिलो अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो। क्यानडाको भ्रमणपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ। नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडाबीचको एकदिवसीय सिरिज अघि चर्चित इन्डियन स्पोर्ट्स मिडिया स्प्रोट्सकिडा हिन्दिले आफ्नो टिम-११ प्रेडिक्सनमा अचम्मलाग्दो प्रेडिकसन गरेको छ । स्प्रोट्सकिडाले आफुले २ वटा नेपाल को टिम प्रेडिकसन गरेको छ । पहिलो टिममा कप्तान – करण केसी, उपकप्तान – रिजवान चीमा बताएको छ भने दोस्रो टिममा कप्तान – दिपेन्द्र सिंह ऐरी, उपकप्तान – सन्दीप लामिछाने बताएको छ । यस्तो छ पुरा टिम:
CAN vs NEP बीचको पहिलो ODI को लागि टिम १: आसिफ शेख, कुशल भुर्तेल, नवनीत धालिवाल, रविन्द्रपाल सिंह, रिजवान चीमा, शाहिद अहमदजाई, दीपेन्द्र सिंह ऐरी, जेरेमी गोर्डन, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी कप्तान – करण केसी, उपकप्तान – रिजवान चीमा
टिम प्रेडिकसन २: आसिफ शेख, रोहित कुमार पोडेल, नवनीत धालीवाल, नितिश कुमार, रिजवान चीमा, शाहिद अहमदजाई, दीपेन्द्र सिंह ऐरी, डिलन हेलिगर, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी कप्तान – दिपेन्द्र सिंह ऐरी, उपकप्तान – सन्दीप लामिछाने
स्प्रोट्सकिडाले थप पिच रिपोर्ट को बारेमा पनि लेखेको छ । पिच रिपोर्ट: म्यापल लिफ नर्थ-वेस्ट ग्राउण्डमा टस जितेर दुवै टोलीले पहिले बलिङ गर्ने निर्णय गर्न सक्छन्। पहिले खेल्ने टोलीको नजर २५० भन्दा माथिको स्कोरमा हुनेछ ।
क्यानाडा टिम: नवनीत धालीवाल (कप्तान), श्रीमन्थ विजयरत्ने, रविन्द्रपाल सिंह, नितिश कुमार, रिजवान चीमा, शाहिद अहमदजाई, साद बिन जाफर, जेरेमी गोर्डन, रोमेश एरंगा, डिलन हेलिगर, निखिल दत्त
नेपालको खेल तालिका : असार १७ (जुलाई १) : नेपालविरुद्ध ओन्टारियो, असार २० (जुलाई ४) : नेपालविरुद्ध क्यानडा, पहिलो एकदिवसीय खेल, असार २१ (जुलाई ५) : नेपालविरुद्ध क्यानडा, दोस्रो एकदिवसीय खेल
स्कटल्यान्ड भ्रमण (विश्वकप लिग-२)मा नेपालको खेल तालिका: असार २७ (जुलाई ११) : नामिवियाविरुद्ध नेपाल, असार २९ (जुलाई १३) : स्कटल्यान्डविरुद्ध नेपाल, असार ३२ (जुलाई १६) : नेपालविरुद्ध नामिबिया ,साउन १ (जुलाई १७) : नेपालविरुद्ध स्कटल्यान्ड
नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी ।