टि-२० खेलमा मात्र ३.५ ओभरमा माल्दिभ्स बिरुद्द भुटानले निकाल्यो ऐतिहासिक जित – Khoj Dainiki

टि-२० खेलमा मात्र ३.५ ओभरमा माल्दिभ्स बिरुद्द भुटानले निकाल्यो ऐतिहासिक जित

काठमाडौँ ।

मलेसिया क्वाड्रङगुलर टी–२० सिरिजको तेस्रो दिन भुटानले माल्दिभ्सलाई ६ रनले पराजित गर्दै इतिहास रच्यो । भुटानको यो पाँच खेलमा टी-२० मा पहिलो जित हो। एक अन्य खेलमा आयोजक मलेसियाले थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको छ ।

आजको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डको टोली १३.१ ओभरमा मात्र ३० रन बनाएर अलआउट भएको थियो । यो टि-२० अन्तर्राष्ट्रियमा चौथो सबैभन्दा कम स्कोर हो। जवाफमा मलेसियाले ३.५ ओभरमा मात्र एक विकेट गुमाएर जित निकालेको हो । १७ रन दिएर ४ विकेट लिएका सयजरुल इद्रिस खेलको म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा भुटानले पहिले खेल्दै २० ओभरमा ९ विकेट गुमाएर ११० रन बनाएको थियो, जवाफमा माल्दिभ्सको टोलीले १०४/८ रन मात्र बनाउन सकेन । १५ रनमा ३ विकेट लिएर १७ रन बनाएर भुटानका नामगे थिन्ले खेलको म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा मलेसियाले माल्दिभ्सको सामना गर्नेछ भने जुलाई ६ मा थाइल्याण्डले भुटानसँग खेल्नेछ । फाइनल खेल अंक तालिकाको शीर्ष दुई टोलीबीच जुलाई ११ मा हुनेछ।

सम्बाददाता

Leave a Reply

Next Post

इन्डियन मिडियाको ओडिआई प्रेडिक्सन, कप्तान: करण केसी वा दिपेन्द्र सिंह ऐरी

Mon Jul 4 , 2022
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडाबीचको एकदिवसीय सिरिज एकदिन पछि सरेको छ । नेपाल र क्यानडाबीचको दुई खेलको एकदिवसीय सिरिज एकदिन पछि सरेको हो । अब नेपाल र क्यानडाबीचको खेल जुलाई ५ र ६ (असार २१ र २२) मा मा किंग सिटीमा हुनेछ ।  नेपालसँग एकदिवसीय […]

You May Like

error: