काठमाडौ।
क्यानाडासँग २ वटा एकदिवसीय खेल खेल्नु अघि नेपालले आज टि २० म्याच खेल्दै छ। नेपालले आज ओन्टारियोविरूद्ध खेल्ने लागेको हो। ओन्टारियोविरूद्ध नेपालले टस जितेर पहिला ब्याटिंग रोजेको छ । यस अघि नेपालले ओन्टारियो क्रिकेट क्लबलाई पराजित गरेको हो । नेपालको सुरुवात हुन् सकेन, नेपालले दोस्रो ओभरमै आफ्नो ओपनर ब्याट्सम्यान गुमाएको छ ।
ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ५ बलमा २ रन बनाएर छिट्टै आउट भएका छन् । अहिले ४ ओभरमा १ विकेटको नोक्सानीमा नेपालले ३४ रन बनेको छ । आजको खेलमा कप्तान सन्दीप लामिछाने र ओपनर आशिफ शेख बाहिर रहेका छन् भने देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी कुसल भुर्तेल, वसिर अहमद, किशोर महतो, पवन शर्राफ र मोहम्मद आदिल अहमद टिममा रहेका छन् ।
शुक्रबार राति भएको खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको होनेपालले टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २ सय २१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा १ सय ५१ रनमा अल आउट भयो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २ सय २१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । ओन्टारियोको लागि ओपनर रियाजखानले ८१ बलमा ३ चौकासहित सर्वाधिक ३६ रन बनाए ।जश शाह २० रनमा आउट भए ।नरेश बुढाऐर ४८ बलमा २ चौका र १ छक्कासहित २९ रनको योगदान दिएका थिए। र निकोलस मनोहर २५ रनमा आउट भए ।मिहिर पटेल ४ रनको योगदान दिएका थिए।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।पवन सरार्फले ६ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए ।आरिफ शेखले २ विकेट लिए । किशोर महतोले २ विकेट लिए । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० अोभरमा ८ विकेट गुमाउँदै २२० रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका विनोद भण्डारीले अर्धसतक प्रहार गरेको छन्।उनले ५९ बलमा ८ चौकासहित सर्वाधिक ५७ रनको योगदान दिएका छन् ।आसिफ शेख ७५ बलमा ४ चौकासहित ४२ रनमा रन आउट भए ।देव खनाल ४४ बलमा २ चौकासहित २७ रनको योगदान दिए।
बसिर अहमदले २४ ,दीपेन्द्रसिंह ऐरी र आरिफ शेख समान १९,कुशल भुर्तेलले १३, आदिल अन्सारीले १० रनको योगदान दिएका छन्। यसपछि नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ। नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ। त्यहाँबाटै नेपाल स्कटल्याण्डमा हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि प्रस्थान गर्नेछ। नेपालले स्कटल्याण्डमा लिग टु अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ।
क्यानले क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। नेपाली टोली सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिनेछ। जहाँ रोहित पौडेल‚ कुशल भूर्तेल‚ आरिफ शेख‚ देव खनाल‚ दीपेन्द्रसिंह ऐरी‚ आरिफ शेख‚ करण केसी‚ सोमपाल कामी‚ आदिल अन्सारी‚ बसिर अहमद‚ किशोर महतो‚ पवन सर्राफ‚ विनोद भण्डारी टिमको सदस्यका रूपमा रहेका छन्।
नेपालको खेल तालिका : असार १७ (जुलाई १) : नेपालविरुद्ध ओन्टारियो, असार २० (जुलाई ४) : नेपालविरुद्ध क्यानडा, पहिलो एकदिवसीय खेल, असार २१ (जुलाई ५) : नेपालविरुद्ध क्यानडा, दोस्रो एकदिवसीय खेल
स्कटल्यान्ड भ्रमण (विश्वकप लिग-२)मा नेपालको खेल तालिका: असार २७ (जुलाई ११) : नामिवियाविरुद्ध नेपाल, असार २९ (जुलाई १३) : स्कटल्यान्डविरुद्ध नेपाल, असार ३२ (जुलाई १६) : नेपालविरुद्ध नामिबिया ,साउन १ (जुलाई १७) : नेपालविरुद्ध स्कटल्यान्ड