नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिज सर्यो, यस्तो छ नया खेलतालिका

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडाबीचको एकदिवसीय सिरिज एकदिन पछि सरेको छ  । नेपाल र क्यानडाबीचको दुई खेलको एकदिवसीय सिरिज एकदिन पछि सरेको हो । अब नेपाल र क्यानडाबीचको खेल जुलाई ५ र ६ (असार २१ र २२) मा हुनेछ ।

यस अघि दुई टोलीबीचको खेल जुलाई ४ र ५ मा हुने तालिका रहेको थियो । नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी-ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले आज आइतबार राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ ।

यस अघि नेपालले शुक्रबार राति ओन्टारियोविरुद्ध एकदिवसीय फर्म्याटमा पहिलो अभ्यास खेल खेलेको थियो । पहिलो अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो। क्यानडाको भ्रमणपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ। नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

क्यानाडासँग २ वटा एकदिवसीय खेल खेल्नु अघि नेपालले आज टि २० म्याच खेल्ने भएको छ।नेपालले आज ओन्टारियोविरूद्ध खेल्ने लागेको हो। यस अघि ओन्टारियो क्रिकेट क्लबलाई पराजित गरेको छ ।खेल नेपाली समय अनुसार राति ७:१५ बजे सुरु हुनेछ ।

शुक्रबार राति भएको खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको होनेपालले टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले  २ सय २१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा १ सय ५१ रनमा अल आउट भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले  २ सय २१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । ओन्टारियोको लागि ओपनर रियाजखानले ८१ बलमा ३ चौकासहित सर्वाधिक ३६ रन बनाए ।जश शाह २० रनमा आउट भए ।नरेश बुढाऐर ४८ बलमा २ चौका र १ छक्कासहित २९ रनको योगदान दिएका थिए। र निकोलस मनोहर २५ रनमा आउट भए ।मिहिर पटेल ४ रनको योगदान दिएका थिए।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।पवन सरार्फले ६ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए ।आरिफ शेखले २ विकेट लिए । किशोर महतोले २ विकेट लिए । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० अ‍ोभरमा ८ विकेट गुमाउँदै २२० रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका विनोद भण्डारीले अर्धसतक प्रहार गरेको छन्।उनले ५९ बलमा ८ चौकासहित सर्वाधिक ५७ रनको योगदान दिएका छन् ।आसिफ शेख ७५ बलमा ४ चौकासहित ४२ रनमा रन आउट भए ।देव खनाल ४४ बलमा २ चौकासहित २७ रनको योगदान दिए।

बसिर अहमदले  २४ ,दीपेन्द्रसिंह ऐरी र आरिफ शेख समान १९,कुशल भुर्तेलले १३, आदिल अन्सारीले १० रनको योगदान दिएका छन्। यसपछि नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ। नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ। त्यहाँबाटै नेपाल स्कटल्याण्डमा हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि प्रस्थान गर्नेछ। नेपालले स्कटल्याण्डमा लिग टु अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ।

क्यानले क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। नेपाली टोली सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिनेछ। जहाँ रोहित पौडेल‚ कुशल भूर्तेल‚ आरिफ शेख‚ देव खनाल‚ दीपेन्द्रसिंह ऐरी‚ आरिफ शेख‚ करण केसी‚ सोमपाल कामी‚ आदिल अन्सारी‚ बसिर अहमद‚ किशोर महतो‚ पवन सर्राफ‚ विनोद भण्डारी टिमको सदस्यका रूपमा रहेका छन्।

नेपालको खेल तालिका : असार १७ (जुलाई १) : नेपालविरुद्ध ओन्टारियो, असार २० (जुलाई ४) : नेपालविरुद्ध क्यानडा, पहिलो एकदिवसीय खेल, असार २१ (जुलाई ५) : नेपालविरुद्ध क्यानडा, दोस्रो एकदिवसीय खेल

स्कटल्यान्ड भ्रमण (विश्वकप लिग-२)मा नेपालको खेल तालिका: असार २७ (जुलाई ११) : नामिवियाविरुद्ध नेपाल,  असार २९ (जुलाई १३) : स्कटल्यान्डविरुद्ध नेपाल, असार ३२ (जुलाई १६) : नेपालविरुद्ध नामिबिया ,साउन १ (जुलाई १७) : नेपालविरुद्ध स्कटल्यान्ड

नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी ।

सम्बाददाता

Leave a Reply

Next Post

अम्पायरमाथि बर्षीय विराट कोहली, यस्तो थियो कारण (भिडियो सहित)

Sun Jul 3 , 2022
काठमाडौँ । बर्मिङ्घममा भारत र इङ्ल्यान्डबीचको निर्णायक टेस्ट म्याचमा यस्तो एउटा विवाद देखियो, जसमा टीम इन्डियाका पूर्व कप्तान विराट कोहली मैदानमा अम्पायरसँग झगडा गर्दै थिए । यो घटना बर्मिङ्घममा जारी निर्णायक टेस्टको दोस्रो दिनको हो । वास्तवमा, विराट कोहली यस खेलमा अम्पायर गरिरहेका अलीम दारसँग रिसाएको थिए। बर्मिङ्घम टेस्ट म्याचको […]

You May Like

error: