काठमाडौ।
टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबलको दोस्रो खेलमा नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले फराकिलो हार ब्यहोरेको छ । मलेसियाको पेनाङ सिटी रंगशालामा शनिबार भएको खेलमा एनआरटी मलेसियन सुपर लिग क्लब पेनाङ एफसीसँग ५-० ले पराजित भएको हो ।
पहिलो हाफमा दुई गोल खाएको एनआरटीले दोस्रो हाफमा थप तीन गोल व्यहोरेको थियो ।यस अघि बिहीबार भएको खेलमा एनआरटी इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग ५-१ गोल अन्तरले पराजित भएको थियो ।
नेपाललाई हराएसँगै पेनाङ टीवाईटी कपको च्याम्पियन बनेको छ ।पेनाङ शहर प्रमुख मिस्टर याङले पद बहाली ग्रहण गरेको पहिलो बार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।
एनआरटीले ए डिभिजन लिगको तयारी स्वरुप ‘प्रि- सिजन’ अन्तर्गत प्रतियोगिता खेलेको हो ।अब एनआरटीले थाइल्याण्डको भ्रमण गर्नेछ । थाईल्याण्डमा एनआरटीले ३ मैत्रीपूर्ण खेल खेल्ने छ ।