काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (शुक्रबार) क्यानडाको स्थानीय क्लब ओन्टारियो विरुद्धको खेलमा नेपालले विशाल जित हासिल गरेको छ। क्यानडाको किंग सिटीमा पानी परेका कारण अभ्यास खेल बर्षाको कारण खेलमा ढिलाई भएको थियो ।नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २ सय २१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा १ सय ५१ रनमा अल आउट भयो ।
ओन्टारियोको लागि ओपनर रियाजखानले ८१ बलमा ३ चौकासहित सर्वाधिक ३६ रन बनाए ।जश शाह २० रनमा आउट भए ।नरेश बुढाऐर ४८ बलमा २ चौका र १ छक्कासहित २९ रनको योगदान दिएका थिए। र निकोलस मनोहर २५ रनमा आउट भए ।मिहिर पटेल ४ रनको योगदान दिएका थिए।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।पवन सरार्फले ६ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए ।आरिफ शेखले २ विकेट लिए । किशोर महतोले २ विकेट लिए ।
टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० अोभरमा ८ विकेट गुमाउँदै २२० रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका विनोद भण्डारीले अर्धसतक प्रहार गरेको छन्।उनले ५९ बलमा ८ चौकासहित सर्वाधिक ५७ रनको योगदान दिएका छन् ।आसिफ शेख ७५ बलमा ४ चौकासहित ४२ रनमा रन आउट भए ।देव खनाल ४४ बलमा २ चौकासहित २७ रनको योगदान दिए।
बसिर अहमदले २४ ,दीपेन्द्रसिंह ऐरी र आरिफ शेख समान १९,कुशल भुर्तेलले १३, आदिल अन्सारीले १० रनको योगदान दिएका छन्। यसपछि नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ।
नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ। त्यहाँबाटै नेपाल स्कटल्याण्डमा हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि प्रस्थान गर्नेछ। नेपालले स्कटल्याण्डमा लिग टु अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ।
क्यानले क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। नेपाली टोली सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिनेछ। जहाँ रोहित पौडेल‚ कुशल भूर्तेल‚ आरिफ शेख‚ देव खनाल‚ दीपेन्द्रसिंह ऐरी‚ आरिफ शेख‚ करण केसी‚ सोमपाल कामी‚ आदिल अन्सारी‚ बसिर अहमद‚ किशोर महतो‚ पवन सर्राफ‚ विनोद भण्डारी टिमको सदस्यका रूपमा रहेका छन्।
नेपालको खेल तालिका : असार १७ (जुलाई १) : नेपालविरुद्ध ओन्टारियो, असार २० (जुलाई ४) : नेपालविरुद्ध क्यानडा, पहिलो एकदिवसीय खेल, असार २१ (जुलाई ५) : नेपालविरुद्ध क्यानडा, दोस्रो एकदिवसीय खेल
स्कटल्यान्ड भ्रमण (विश्वकप लिग-२)मा नेपालको खेल तालिका: असार २७ (जुलाई ११) : नामिवियाविरुद्ध नेपाल, असार २९ (जुलाई १३) : स्कटल्यान्डविरुद्ध नेपाल, असार ३२ (जुलाई १६) : नेपालविरुद्ध नामिबिया ,साउन १ (जुलाई १७) : नेपालविरुद्ध स्कटल्यान्ड
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी ।