सुस्त सुरुवात गरेको नेपाललाई पहिलो झड्का, सस्तैमा गुमायो आफ्नो ओपनर ब्याट्सम्यान

काठमाडौँ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (शुक्रबार) क्यानडाको स्थानीय क्लब ओन्टारियो विरुद्धको खेल क्यानडाको किंग सिटीमा पानी परेका कारण अभ्यास खेल बर्षाको कारण खेलमा ढिलाई भएको थियो ।नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । खेल नेपाली समय अनुसार ०८:४५ मा खेल्ने भनिएको थियो तर, बर्षाको कारण खेलमा ढिलाई भएको हो ।

ओन्टारियो विरुद्ध नेपालले सुस्त सुरुवात गरेको छ । सुस्त सुरुवात गरेको नेपालले १०.४ ओभरमा ३२ रन बनाउदै आफ्नो पहिलो ओपनर ब्याट्सम्यान गुमाएको छ ।ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले २९ बलमा १३ रन बनाएर आउट भएका छन् । ओन्टारियोमा नेपालका पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाऐरको कप्तानीमा मैदान उत्रनेछन्। यसपछि नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ।

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ। त्यहाँबाटै नेपाल स्कटल्याण्डमा हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि प्रस्थान गर्नेछ। नेपालले स्कटल्याण्डमा लिग टु अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ।

क्यानले क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। नेपाली टोली सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिनेछ। जहाँ रोहित पौडेल‚ कुशल भूर्तेल‚ आरिफ शेख‚ देव खनाल‚ दीपेन्द्रसिंह ऐरी‚ आरिफ शेख‚ करण केसी‚ सोमपाल कामी‚ आदिल अन्सारी‚ बसिर अहमद‚ किशोर महतो‚ पवन सर्राफ‚ विनोद भण्डारी टिमको सदस्यका रूपमा रहेका छन्।

नेपालको खेल तालिका : असार १७ (जुलाई १) : नेपालविरुद्ध ओन्टारियो, असार २० (जुलाई ४) : नेपालविरुद्ध क्यानडा, पहिलो एकदिवसीय खेल, असार २१ (जुलाई ५) : नेपालविरुद्ध क्यानडा, दोस्रो एकदिवसीय खेल

स्कटल्यान्ड भ्रमण (विश्वकप लिग-२)मा नेपालको खेल तालिका: असार २७ (जुलाई ११) : नामिवियाविरुद्ध नेपाल,  असार २९ (जुलाई १३) : स्कटल्यान्डविरुद्ध नेपाल, असार ३२ (जुलाई १६) : नेपालविरुद्ध नामिबिया ,साउन १ (जुलाई १७) : नेपालविरुद्ध स्कटल्यान्ड

नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी ।

सम्बाददाता

Leave a Reply

Next Post

टेस्ट म्याचमा टि-२० खेल देखाउदै ऋषभ पन्त, तुफानी सतक संगै रचे इतिहास

Fri Jul 1 , 2022
काठमाडौँ । बर्मिङ्घम टेस्ट म्याचको पहिलो दिन टीम इण्डियाका स्टार विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले इंग्ल्यान्डका बलरमाथि रनको वर्षा गरेका छन् । ऋषभ पन्तले इंग्ल्याण्ड विरुद्धको बर्मिङ्घम टेस्ट म्याचको पहिलो दिन आफ्नो टेस्ट करियरको पाँचौ शतक प्रहार गरेका छन् । ऋषभ पन्तले १११ बलमा १९ चौका र ४ छक्का प्रहार गर्दै […]

You May Like

error: