नेपाल र ओन्टारियोबीचको खेलमा बर्षा बाधक, यस्तो छ खेल हुने सम्भावना

काठमाडौँ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (शुक्रबार) क्यानडाको स्थानीय क्लब ओन्टारियो विरुद्धको खेल क्यानडाको किंग सिटीमा पानी परेका कारण अभ्यास खेल सुरुहुन सकेको छैन । खेल नेपाली समय अनुसार ०८:४५ मा खेल्ने भनिएको थियो तर, बर्षाको कारण खेलमा ढिलाई भएको छ । बर्षाले गर्दा पिच बिग्रिने कारणले खेल स्थगित हुन सक्ने सम्भावना उच्च छ।

ओन्टारियोमा नेपालका पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाऐरको कप्तानीमा मैदान उत्रनेछन्। यसपछि नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ। नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ। त्यहाँबाटै नेपाल स्कटल्याण्डमा हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि प्रस्थान गर्नेछ। नेपालले स्कटल्याण्डमा लिग टु अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ।

क्यानले क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। नेपाली टोली सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिनेछ। जहाँ रोहित पौडेल‚ कुशल भूर्तेल‚ आरिफ शेख‚ देव खनाल‚ दीपेन्द्रसिंह ऐरी‚ आरिफ शेख‚ करण केसी‚ सोमपाल कामी‚ आदिल अन्सारी‚ बसिर अहमद‚ किशोर महतो‚ पवन सर्राफ‚ विनोद भण्डारी टिमको सदस्यका रूपमा रहेका छन्।

नेपालको खेल तालिका : असार १७ (जुलाई १) : नेपालविरुद्ध ओन्टारियो, असार २० (जुलाई ४) : नेपालविरुद्ध क्यानडा, पहिलो एकदिवसीय खेल, असार २१ (जुलाई ५) : नेपालविरुद्ध क्यानडा, दोस्रो एकदिवसीय खेल

स्कटल्यान्ड भ्रमण (विश्वकप लिग-२)मा नेपालको खेल तालिका: असार २७ (जुलाई ११) : नामिवियाविरुद्ध नेपाल,  असार २९ (जुलाई १३) : स्कटल्यान्डविरुद्ध नेपाल, असार ३२ (जुलाई १६) : नेपालविरुद्ध नामिबिया ,साउन १ (जुलाई १७) : नेपालविरुद्ध स्कटल्यान्ड

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने,यस्तो छ लाईभ बारे जानकारी

Fri Jul 1 , 2022
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (शुक्रबार) क्यानडाको स्थानीय क्लब ओन्टारियो विरुद्धको खेल क्यानडाको किंग सिटीमा पानी परेका कारण अभ्यास खेल बर्षाको कारण खेलमा ढिलाई भएको।नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ।खेल नेपाली समय अनुसार ०८:४५ मा खेल्ने भनिएको थियो तर, बर्षाको कारण खेलमा ढिलाई भएको छ ।आजको खेलको […]

You May Like

error: