एसियन कप छनोटको लागि भारतले ज्योतिष हाएर गरेको खुलासा

काठमाडौँ  ।

कुनै पनि खेलको नतिजा त्यसका खेलाडीको प्रदर्शन र तयारीमा भर पर्छ तर सर्वोच्च अदालतको आदेशमा हटाइएको प्रफुल्ल पटेल नेतृत्वको भारतीय फुटबल महासंघ (एआईएफएफ)ले भारतीय टोलीले एशियन कप खेल्छ कि खेल्दैन भनेर लाखौ रुपैया तिरेर ज्योतिष कम्पनीसँग सम्झौता गरेको पाईएको छ । ज्योतिष कम्पनीको काम भारतीय फुटबल टोलीका स्हटाररूको बारेमा बताउने थियो।

यो टोली एसियाली च्याम्पियनसिपका लागि छनोट हुन्छ कि हुँदैन भन्ने पनि भविष्यवाणी गर्नु थियो। यसका लागि दक्षिण दिल्लीको कम्पनीसँग तीन महिनाका लागि मासिक १२.८ लाख नेपाली रुपैयाँ बराबरको सम्झौता भएको थियो । कम्पनीसँग २०२२ को अप्रिल, मे र जुन महिनासम्म सम्झौता भएको स्रोतले जनाएको छ । कम्पनीलाई दुई महिनाको भुक्तानी पनि भइसकेको छ ।

सर्वोच्च अदालतले गठन गरेको प्रशासक समितिले महासंघको लेखाजोखा हेर्दा यो सम्झौता भएको थाहा भयो । त्यसपछि महासंघका उच्च अधिकारीलाई यसबारे सोधियो । उनले पहिले यो भारतीय र अन्य टोलीको तथ्याङ्क दिने कम्पनी भएको बताए तर महासंघले यसका लागि विदेशी कम्पनीसँग केही वर्षअघि नै सम्झौता गरिसकेको उनको ध्यानाकर्षणमा आएपछि थाहा पाउन भनिएको थियो ।

भारतीय टोलीका स्टारहरू र एसियन कप च्याम्पियनसिपमा टोलीको छनोटको भविष्यवाणी जान्नका लागि कम्पनीसँग सम्झौता भएको थियो। त्यसपछि न्यायाधीश एएन दवे, एसवाई कुरैशी, भास्कर गांगुली सम्मिलित समितिले तेस्रो महिनाको तलब तत्काल रोकेको थियो । भुक्तानी भाउचरमा लेखिएको कम्पनीको ठेगाना पनि गलत सावित भएको छ । खाताको छानबिनमा यस्ता धेरै गल्तीहरु बाहिर आएको स्रोतले जनाएको छ ।

यी सबै कुरा खुलेपछि मात्रै एक उच्च अधिकारीले लामो बिदा दिएर महासंघ छाडेका छन् । यस सम्बन्धमा समितिका एक सदस्यसँग पटकपटक कुरा गर्न खोज्दा उनले कुनै प्रतिक्रिया दिएनन् ।  तर, जुन १४ मा कोलकातामा भएको छनोटमा हङकङलाई ४–० ले हराउँदै भारतीय टोलीले पाँचौं एसियन कप च्याम्पियनसिपको टिकट जितेको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपाल र ओन्टारियोबीचको खेलमा बर्षा बाधक, यस्तो छ खेल हुने सम्भावना

Fri Jul 1 , 2022
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (शुक्रबार) क्यानडाको स्थानीय क्लब ओन्टारियो विरुद्धको खेल क्यानडाको किंग सिटीमा पानी परेका कारण अभ्यास खेल सुरुहुन सकेको छैन । खेल नेपाली समय अनुसार ०८:४५ मा खेल्ने भनिएको थियो तर, बर्षाको कारण खेलमा ढिलाई भएको छ । बर्षाले गर्दा पिच बिग्रिने कारणले खेल स्थगित […]

You May Like

error: