काठमाडौँ ।
गाले टेस्टको तेस्रो दिन अष्ट्रेलियाले श्रीलंकालाई १० विकेटले पराजित गर्दै ठूलो जित दर्ता गरेको छ। ५ रनको लक्ष्य अष्ट्रेलियाले चार बलमा १० रन बनाएर पुरा गरेको हो । यसअघि आज श्रीलंकाको दोस्रो इनिङ्स ११३ रनमा मात्रै अलआउट भएको थियो । यससँगै अष्ट्रेलियाको पहिलो इनिङ्स पनि पहिलो सत्रमा ३२१ रनमा समेटिएको थियो । उत्कृष्ट ब्याटिङका लागि क्यामरुन ग्रीन खेलको प्लेयर अफ द म्याच घोषित भए ।
तेस्रो दिनको सुरुवातमा अस्ट्रेलियाका अपराजित ब्याट्सम्यान प्याट कमिन्सले आफ्नो स्कोर बढाउन सकेनन् र २६ रनमा आउट भए । मिचेल स्वेप्सन पनि १ रन बनाएर प्याभिलियन फर्किए र अष्ट्रेलियाको पुरै इनिङ्स ७०.५ ओभरमा ३२१ रनमा सकियो। नाथन लियोन १५ रनमा अविजित रहे । यससँगै अस्ट्रेलियाले पहिलो इनिङ्समा १०९ रनको अग्रता लिएको छ । श्रीलंकाका लागि रमेश मेन्डिसले ४ विकेट लिए । असिथा फर्नान्डो र जेफ्री भान्डरसेले २–२ विकेट लिए ।
श्रीलंकाको ओपनिङ जोडीले दोस्रो इनिङ्समा पहिलो विकेटका लागि ३७ रन जोडे। यो जोडी नाथन लियोनले दिमुथ करुणारत्नेलाई २३ रनको व्यक्तिगत स्कोरमा आउट गरेर तोडेका थिए। निशान्का पनि १४ रन बनाएर आउट भए । यहाँबाट विकेट झर्ने क्रम जारी रह्यो र श्रीलंकाका ६ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । अष्ट्रेलियाका स्पिनरहरूले उत्कृष्ट बलिङ गरे र आयोजक टोली २२.५ ओभरमा ११३ रनमा अलआउट भए। अष्ट्रेलियाका लागि नाथन लियोन र ट्राभिस हेडले समान ४–४ विकेट लिए । स्वेप्सनले पनि २ विकेट लिए ।
५ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाको टोलीलाई डेभिड वार्नरले धेरै समय लिन सकेनन् र ओभरको तेस्रो बलमा र चौथो बलमा चौका र छक्का हानेर खेल समाप्त भयो । वार्नर १० रनमा अविजित रहे भने उनका साथी ख्वाजाले एक बल खेल्ने मौका पाएनन् र खेल सकिएको थियो । श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो तर खेलको पहिलो दिन उनको पहिलो इनिङ २१२ रनको स्कोरमा समेटिएको थियो ।