काठमाडौं ।
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्धित भएका छन् । क्लब बिहिन भएको झन्डै एक महिना पछि रोनाल्डो साउदी अरेबियन टोली अल नासरसँग आबद्ध भएका हुन्।
३७ वर्षीय रोनाल्डोले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको बताईएको छ ।
रोनाल्डोले अल नसरबाट एक सिजनमा २०० मिलियन डलर बढी कमाई गर्नेछन् । रोनाल्डो म्यानचेस्टर युनाईटेड छाडेपछि क्लब विहीन रहेका थिए । उनी गत वर्ष युनाईटेड फर्किएका थिए ।
पाँच पटकको बालेन डी’ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाईटेड फर्किएका थिए । उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए ।त्यस समय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए ।
रोनाल्डो इंग्लिस क्लब छाडेर २००९ मा स्पेनिस क्लब रियल मड्रिड गएका थिए । रियलमा ९ सिजन बिताएका रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए । रोनाल्डोले रियलबाट २९२ खेलमा ३११ गोल गरेका थिए ।
यस्तै, युभेन्ट्सबाट ९८ खेलमा ८१ गोल गरेका थिए । दोस्रो बसाइमा युनाईटेडका लागि ४० प्रिमियर लिगमा १९ गोल गरेका थिए । ३७ वर्षीय खेलाडीले फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक रहेको बताएका छन् ।
नौपटकको साउदी लिग विजेता अल नासरले रोनाल्डोको अनुबन्धलाई नयाँ इतिहासको सुरुवातको रूपमा व्याख्या गरेको छ । रोनाल्डोलाई अर्को साउदी क्लब अल हिलाललेसमेत अनुबन्धको प्रयास गरेको थियो ।भिडियो हेर्न तलँ क्लिक गर्नुहोला ।